Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आजको दिन लाई कालो दिन घोषणा गर्दै रिडिमा बिरोध प्रदर्शन।

   
871   पटक पढिएको

रिडि, पौष१६। रिडि वासिले आजको दिन लाई कालो दिन भएको घोषणा गरेका छन। रुरु गाउँपालिकाको केन्द्र निर्धारण गर्न आबश्यक सम्पुर्ण मापदण्ड पूरा गर्दा गर्दै पनि षड्यन्त्र पुर्वक मापदण्ड नै नपुगेको घ्यु बेसि लाई केन्द्र घोषणा गरेको भन्दै आज रिडिमा बिरोध प्रदर्शन गरिएको छ। स्वतस्फूर्त रुपमा भेला भएको स्थानीय वासिहरुले आज साँझ मशाल जुलुस निकालेका हुन। जुलुसल रिडि बसपार्क बाट निकालि बजार भर परिक्रमा गरेको थियो। जुलुस पछि रिडि बसपार्क चोकमा आयोजित कोण सभामा आजको दिन लाई रिडिका लागि कालो दिन भनी घोषणा गरेको छ।

आज रुरु गाउँपालिकाको परिषदले बहुमतको आधारमा घ्युबेसी लाइ प्रसासनिक केन्द्र घोषणा गरेको थियो। गाउँपालिकाको ६ वटा वडाहरु मध्ये ५ वटा वडाले घ्युबेसी लाई समर्थन गरेको थियो भने वडा न १ रिडिले यसको बिपक्षमा उभ्याएको थियो। सरकारले १८ गते भित्रमा सर्व सहमती वा बहुमतको आधारमा केन्द्रको टुंगो लगाउन निर्देश गरेपछी बहुमतका आधारमा रुरु गापाको केन्द्र निर्धारण गरिएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया