Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

काभ्रेमा प्रहरी र स्थानीयबीच झडप, ६ सेल अश्रुग्यास प्रहार

   
673   पटक पढिएको

लिखेल,१८ पुस । आइतबार देखी स्थानिय बासीले बन्द गरेको सडक खुलाउन प्रहरीलाई ६ सेल अश्रुग्यास प्रयोग गरेको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध गरेपछि बन्द गर्ने भिडलाई नियन्त्रमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको प्रहरीको दावी छ ।

 

बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयबासीले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच केहि समय झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया