Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मिको बिचित्र गुफाको बास्तबिकता रहस्य मै

   
871   पटक पढिएको

गुल्मी /अर्घाखाँचीडट्कम- रिडी बजार बाट करीब तीन घण्टाको समय लाग्ने दुरीमा रहेको विचित्र गुफा धुर्कोट वस्तु गा.बि.स.को कुम्लाबन भन्ने ठाँउमा अवस्थित छ । यो गुफा रिडी बाट ६० किलोमितर र सदरमुकाम तम्घास देखि २० किलोमिटरको दुरीमा रहेको छ । २०४५ सालमा भेतिएको यो गुफा बाँदर लखेत्ने क्रममा भेतीएको थियो। बाँदरले बारीको मकै खाए पछी तिनीहरुलाई लखट्ने क्रममा ती बादरको बथान ठूलो ओडार भित्र पसेको थियो । त्यस ओडारबाट पनि लखेत्ने क्रममा एउटा अग्लो बासको घारोको सहायता लिई स्थानिय ब्यक्तीहरु अँध्यारो ओडारमा बत्तीको सहायता लिई भित्र पस्दा त्यहा बिचित्रको द्रिश्यहरु देखे। गुफाको जती जती भित्री भागहरुमा गयो त्यहा त्यती त्यती विभिन्न किसिमका आकृतिहरु, भगवानका मुर्तीहरु, चहकिला पत्थरहरु देखीए पछी यसको बारेमा गाँउ भरी हल्ला भयो। मानिसहरु गुफा हेर्नका लागि भिड भाड लाग्न थाल्यो। त्यस पछी गाउँलेहरुको सहभागीतामा गुफा संरक्षणका लागि समिती बनाइयो। र सोही बर्ष सप्ताह पूजा गरी यसको वृहत रुपमा प्रचार गरियो र सहज अवलोकनको लागि पुलको निर्माण गरि यस गुफाको नाम विचित्र गुफा भनि नामाङकरण गरियो । यसको लम्वाई १९० मिटर रहेको छ्

यो गुफा नेपालको सवै भन्दा ठुलो गुफा भएको अनुमान गरीएको छ्। यसको सम्पुर्ण भागको अध्ययन अझै पनि हुन सकेको छैन। गुफाको प्रचार प्रसार तथा अध्ययन को लागि गुफा व्यवस्थापन समितिले पुस्तक तथा ग्रुसरहरु प्रकाशन गरी सकेको छ्। अब नेपाल सरकार तथा संचार माध्यामहरु मार्फत प्रचार प्रसार गर्न सके बिचित्र गुफाको मात्र नभइ समग्र गुल्मीको पर्यतन बिकासमा माह्त्वो पूर्ण योगदान दिन सक्छ। एक पटक तपाईं हामी पनि जाने कि यो गुफामा।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया