Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बाँदर संझेर गोलि हान्दा एक जना व्यक्तिको मृत्यु

   
843   पटक पढिएको

पाल्पा / पाल्पामा एक जनाको गोलि लागेर मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि सोही गाउँपालिका –६ का ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्दुक प्रहार गर्ने स्थानीय ३६ वर्षीय बलबहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनले घर नजिकैबाट जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले प्रहरी चौकी प्रभाषको टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार श्रोत: केन्द्रबिन्दु डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया