Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मध्यराती टायर पडकिएर कोशी मा दुर्घटना हुँदा २४ जना घाइते

   
671   पटक पढिएको

टायर पडकिएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मंगलबार साँझ ट्रयाक्टर दुर्घटना भएको छ । कोशी मेला भरेर फर्कंदै गरेको स १ त ३३१८ नम्बरको ट्याक्टरको टायर पडकिएपछि दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

करिब ४० जना यात्रु बोकेर फर्कंदै गरेको ट्याक्टर साँझ साढे ५ बजे शम्भुनाथ नगरपालिकाका १ मा दुर्घटना भएको निमित्त प्रहरी उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइते २४ मध्ये बालबालिकासहित १० जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र बाँकी १४ घाइतेलाई राजविराजस्थित गनासि सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको निमित्त एसपी श्रेष्ठले बताए ।

दुर्घटनामा घाइते भएका अधिकांश शम्भुनाथ नगरपालिकाकै बासिन्दा रहेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया