Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दाङमा, प्रहरीको घेराबाट ७ जना बालकहरु यसरी भए फरार

   
793   पटक पढिएको

 दाङ । दाङमा प्रहरीको संरक्षणमा रहेका ७ जना सडक बालकहरु प्रहरी निदाएको मौका छोपी भागेका छन् ।

घोराही बजारमा एक डेढ बर्ष देखी रहेका सडक बालकहरुलाई केही दिन पहिले प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको परिसरमा रहेको भवनमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट सोमबार अल्पकालिनरुपमा समन्वय समितिको परिसरमा रहेको भवनमा राखेका सडक बालकहरु सोमबार राती नै प्रहरी निदाएको मौका छोपी भागेका हुन् ।

७ जना मध्य दुई जना दिउसै छतबाट हाम फालेर भागेको र अन्य ५ जना भने राती प्रहरी निदायको मौका छोपी भागेका हुन् । उनिहरुको संरक्षण र सुरक्षाका लागि दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले २ जना प्रहरीलाई खटाउनुभएको थियो ।

तर सोमबार राती १२ बजेपछि प्रहरी निदायको मौकाछोपी उनिहरु भाग्न सफल भएका हुन् । प्रहरी बिहान पख निद्राबाट ब्यूझदा बालकहरु भागी सकेका थिए ।

मुख्य ढोकामै सुतेका प्रहरीहरुलाई छक्काएर उनिहरु अर्को ढोकाबाट भाग्नलाई दिउसो भागेका बालकहरुले बाहिरबाट ढोका खोल्न सघाएको देखिएको एसपी सिंहको भनाई छ ।

बजारमा पसलहरुमा चोरी बढेपछि प्रहरीको अनुन्धानबाट उनिहरुलाई चोरी गरेका समान र ताला फोड्न प्रयोग हुने फलामका सरीया सहित पक्राउ गरिएको थियो । -तुलसीपुर अनलाइनबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया