Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गौतम बुद्धका केहि महत्वपूर्ण उपदेशहरु :जसले तपाईहरुको जीवन बदल्न सक्छन {पढ्नुहोस }

   
1532   पटक पढिएको

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्धभन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।

बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । त्यस्तै उपदेशमध्ये यी केहि उपदेश हुन् जसले तपाईको दृष्टिकोण नै फेरिदिनेछन्।

१. सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन ।

२. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस ।

३. जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन, त्यसरी नै तारिफ या आलोचना ले महान ब्यक्तिहरु लाई केहि फरक पार्न सक्दैन ।

४. सत्यको बाटोमा हिँड्ने मानिसले केबल दुईवटा गल्ती मात्र गर्न सक्दछ । पहिलो गल्ती भनेको आफ्नो पूरा बाटो निश्चित नगर्नु र दोस्रो गल्ती सत्यको यस बाटोको सुरुवात नै नगर्नू! यस बाटोमा हिँड्दा पैदा हुने डर र सङ्कोच क्षणिक मात्र हो भन्ने हामीले बुझ्नुपर्छ ।

५. घृणाले घृणालाई कहिल्यै समाप्त गर्न सक्दैन । यो एउटा प्राकृतिक सत्य हो कि प्रेमले मात्र घृणालाई पगालेर जित हासिल गर्न सक्छ ।

६. एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । तरपनि उसको उज्यालो कहीँकतै कम हुँदैन । त्यस्तै जीवनमा खुसी बाँड्दा यसरी नै बढ्छ, कम हुँदैन ।

७. शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ ।

८. वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस, आफ्नो मन लाई वर्तमान समयमा केन्द्रित गर्नुहोस ।

९. सुखी र खुसी हुने एउटै मात्रै तरिका छ । त्यो भनेको भूतकालमा अल्झिएर बस्नुहुँदैन, भविष्यको सपनामा डुबेर बस्नु पनि हुँदैन र हामीले केबल वर्तमानलाई उपयोगी बनाउनमा ध्यान दिनुपर्छ ।

१०. रिस गर्नु भनेको जलिरहेको कोइलालाई अरुमाथि फ्याँक्नका लागि हातमा लिनु सरह हो! त्यसले सबैभन्दा पहिले आफैँलाई जलाउँछ र आफैँलाई पोल्छ ।

११. आफ्नो लक्ष्यमा पुग्नु भन्दा पनि महत्वपूर्ण भनेको लक्ष्य प्राप्त गर्नुअघि सफलतापूर्वक यात्रा गर्न सक्नु हो । हजारौँ शब्द भन्दा शान्ति ल्याउने एउटा शब्द धेरै शक्तिशाली हुन्छ।

१२. संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।

१३. जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।

१४. तपाईले हजारौँ लडाइँहरु जित्नुभन्दा आफूमाथि नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै जितको अनुभव सधैँ गरिरहनुहुनेछ । यसका लागि हामीले आफ्नो मनमस्तिस्कलाई काबूमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु ? मैले गर्नुपर्ने काम के हो ? भन्ने प्रश्न आफूलाई बारम्बार सोधिरहनुहोस् ।

१५. म यो कहिले पनि देख्दीन की के गरियो, म केवल यो मात्र जान्दछु कि के गर्न बाँकी छ!

१६. तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।

१७. संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।

गौतम बुध्द संगै सम्बन्धित एउटा कथा-

एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो?” त्यस युवकले भने, “हजुर, हिजो मेरा पिताको मृत्यु भयो।

त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको। जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ। हजुर त महान् हुनुहुन्छ, हजुरजस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला। त्यसैले प्रभु!

बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस्।” ऊ अति नै दुःखी अवस्थामा थिए, अति भावुक भएका थिए। बुद्धलाई थाहा थियो कि कुनै तर्कसङ्गत कुरा गरेर ऊमाथी कुनै असर पर्थेन।

तर बुद्धसँग पनि कुनै कुरालाई बयान गर्ने आफ्ने कला थियो। त्यसपछि उनले त्यस युवकलाई बजारमा गएर दुईवटा माटाको घैँटा ल्याउन आग्रह गरे। युवक पनि खुसी हुँदै घैँटा किन्न गए, यो सोँचेर कि अब बुद्धले कुनै किसिमको विशेष संस्कार गर्नेछन्। दुईवटा घैँटा किनेर ल्याएपछि बुद्धले त्यस युवकलाई एउटा घैँटोमा घ्यू र अर्कोमा साना-साना घैँटा राख्न भने। युवकले पनि त्यसै गरे।

बुद्धले उनलाई ती घैँटाहरूलाई राम्ररी बन्द गरेर नजिकैको पोखरीमा लगेर राख्न भने। युवकले पनि त्यसै गरे र दुवै घैँटो पोखरीमा डुब्यो। त्यसपछि बुद्धले उनलाई एउटा मोटो लठ्ठी ल्याएर ती घैँटाहरूलाई फुटाउन लगाए। उनले पनि बुद्धले भनेजस्तै गरे। त्यस युवकले पनि बुद्धले भनेअनुसार ती दुई माटाको घैँटालाई फुटाले।

फुटाल्ने बित्तीकै एउटा घैँटोको घ्यू पोख्खिएर पानीमा तैरियो भने अर्को घैँटोका ढुङ्गाहरू चाहिँ पानीभित्रै रहिरह्यो। “अब बुद्धले शान्त हुँदै भने, “मैले यत्ति गरिदिएँ। अब तिम्रा पुजारीहरूलाई बोलाउ र प्रार्थना गर्न लगाउः ‘हे ढुङ्गा, तिमी तैरिउ! हे घ्यू, तिमी पानीमा डुब!’” त्यसपछि युवकले अचम्म मान्दै भने, “मैले बुझिन भगवान।

यो कसरी सम्भव छ? यो त सरासर प्रकृतिको नियम विरुद्ध हो। ढुङ्गा पानीभन्दा गह्रौँ हुन्छ, त्यसैले डुब्छ, तैरिन सक्दैन। घ्यू पानीभन्दा हलुङ्गो हुन्छ, त्यसैले तैरिन्छ, त्यसलाई डुबाउन सकिँदैन।” हे युवक!

तिमीले प्रकृतिको नियमको बारेमा यत्रो कुरा बुझेका रहेछौ, फेरि पनि सबैको लागि लागू हुने नियमको बारेमा बुझ्न चाहँदैनौँ। यदि तिम्रा पिताले ती ढुङ्गाको जस्तो कर्म गरेको भए, तल डुब्नु स्वाभाविक हो, कसले माथि लैजान सक्छ र? यदि तिम्रा पिताले घ्यूको जस्तो व्यवहार गरेको भए, ऊ सँधै तैरिरहन्छ, कसले डुबाउन सक्छ र?

”, बुद्धले भने। ‘कर्मअनुसार हामीले फल पाउँछौँ’ भनेर हामीले जबसम्म बुझ्दैनौँ, तबसम्म हामीले सँधै निराशा अनि दुःख भोग्नुपर्ने हुन्छ। यो नै प्रकृतिको नियम हो, जुन हरेक प्राणीलाई लागू हुन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया