Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बेल्जियमले हरायो ब्राजिललाई, विश्वकपमा दक्षिण अमेरिकाको चुनौती समाप्त

   
623   पटक पढिएको

रसिया /विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा बेल्जियमले ५ पटकको विजेता ब्राजिललाई २–१ ले हराएको छ ।

प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि ब्राजिलले जित निकाल्न सकेन । खेलको पहिलो हाफमै बेल्जियमले २–० को अग्रता लिएको थियो । १३ औं मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि ब्राजिल पछि प¥यो । ३१ औं मिनेटमा रोमन लुकाकुको सुन्दर पासमा केभिन डु ब्रुयनेले गोल गर्दा बेल्जियम २–० ले अघि बढ्यो । ब्राजिलबाट दोस्रो हाफमा रेनाटो अगुस्टाले गोल फर्काए ।

उनले ७६ औं मिनेटमा गोल गरेका थिए । ब्राजिलको हारसँगै विश्वकपमा दक्षिण अमेरिकी टोलीको चुनौती समाप्त भयो । यसअघि दक्षिण अमेरिकाको अर्को टोली उरुग्वे फ्रान्ससँग २–० ले पराजित भएको थियो । अब, सन् २००६ को विश्वकपपछि पहिलो पटक युरोपेली टोलीहरुले मात्रै सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा बेल्जियमले फ्रान्ससँग भिड्नेछ ।

क्वाटरफाइनलका बाँकी खेलमा पनि युरोपेली टोलीहरुबीच नै प्रतिस्पर्धा हुनेछ । स्विडेन र इङल्यान्डबीचको खेलको विजेता तथा क्रोयशिया र रसियाबीचको खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

स्विडेन र इङल्यान्डबीच शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, ११ बजेर ४५ मिनेट जाँदा सुरु हुने खेलमा आयोजक रसिया र क्रोयशिया भिड्नेछन् ।श्रोत रातो पाटि

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया