Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

फ्रान्सले जित्यो विश्वकप ट्रफी, क्रोएशिया ४–२ ले पराजित

   
654   पटक पढिएको

अर्घाखाँचीबुलेटि -क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ । मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । 

क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए । तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो ।

फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे । दोस्रो हाफमा फ्रान्सले थप दुई गोल ग¥यो । ५९ मिनेटमा पाउल पोग्बाले फ्रान्सलाई ३–१ को स्थितीमा पु¥याए । ६५ औं मिनेटमा कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो ।

रोमान्चक खेलको ६९ औं मिनेटमा मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याए । फाइभस्टार होटलमा हेरे समाजवादी मन्त्रीले विश्वकप फाइनल फ्रान्सले विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९९८ मा फ्रान्सले पहिलोपटक उपाधि जितेको थियो । श्रोत रातो पाटि

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया