Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची प्रिमियर लिगको खेलाडी दर्ता समय थपगरियो

   
613   पटक पढिएको

सन्धिखर्क , साउन ३ [ अर्घाखाँची बुलेटिन ]- अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क टुडिखेल मैदानमा हुने अर्घाखाँची प्रिमियर लिग एपिएलको खेलाडी नाम दर्ता समय थप गरिएको छ ।

प्रतियोगिता संयोजक ऋषि भट्टराईका अनुसार प्रतियोगिता आउन अलि समय रहेको र प्रतियोगिता बारे अन्य जानकारी सार्वजनिक भईनसकेको र निरन्तरको बर्षाले खेलाडी छनोट हुन नसक्ने हुँदा समय बढाईएको हो । समय थप भएसंगै अब अर्घाखाँची जिल्लाको कुनै पनि इच्छुक खेलाडीले साउन १५ गते सम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन् । त्यस्तै प्रतियोगिता बारे अन्य सम्पुर्ण जानकारी पनि केहि दिनमा नै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने नारायण पाण्डेले बताएका छन ।

प्रतियोगिता दोस्रो संस्करण हो । पहिलो संस्करण गत बर्ष सम्पन्न भएको थियो । त्यस्तै नाम दर्ता गराएका खेलाडीलाई छनोटको लागि प्रतियोगिताको अफिसियल फेसबुक मार्फत मिति, समय र स्थान जानकारी गराईने छ । जानकारी को लागी ऋषि भट्टराई : ९८६१७५१४०२ नारायण पाण्डे : ९८६७३२८५३८ (बुटवल र अर्घाखाँची बाट फर्म भर्न सकिने छ )

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया