Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

'मलम पट्टि' बाट चर्चा बटुलेका गायक नारायण पाण्डेको तीज गीत 'नाचम नाचम' सार्वजनिक

   
1412   पटक पढिएको

 सन्धिखर्क, साउन ८ [ अर्घाखाँची बुलेटिन ]- शुमार्ग फिल्मस को प्रस्तुतीमा आर एन श्रीमालीको तीजको कोशेली ‘नाचम नाचम’ बोलको तिज गीतको भिडियो बजार मा ल्याएको छ ।


साउन लागे संगै जिल्लाका कलाकारहरु गीतसंगीत तिर व्यस्त हुदै तीज गीत भिडियो सार्वजनिक गर्ने क्रम रहेको छ । गीतमा नारायण पाण्डेको लय सिर्जना रहेको र आर एन श्रीमाली को शब्द रहेको छ । तिज गीतमा मौलिकता हराईरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई महत्व दिँदै नयाँ रुप नयाँ स्वर दिँदै सार्वजनिक गर्ने गरेको पाइन्छ ।

नविन धर्ति मगर को सम्पादन र चर्चित भिडियो निर्देशक स्मृति तिम्सिना गुरु आमाको निर्देशन भिडियोमा छ भने सुरेश श्रेष्ठले छायाँकन गरेका छन। भिडियोमा धुव्र हिमाली र रश्मी आचार्यको दमदार नित्य रहेको छ ।

भिडियो हेर्नुहोस- 

<iframe src="//www.youtube.com/embed/oiJoz4zjAZI" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया