Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकी चेलीले यसपालीको तिजमा धनगढी देखी काठमाण्डौ थर्काउने चुनौती किन दिदैंछिन त?यस्तो रहेछ रहस्य [हेर्नुहोस भिडियो ]

   
1473   पटक पढिएको

काठमाडौं,अर्घाखाँचीबुलेटिन |नेपाली नारीहरुको महान चाड हरितालीका तीजको आगमन सँगै बजारमा बिभिन्न किसिमका तिजगीतहरु आउने क्रम जारी छन् ।

यसै बिचमा अर्घाखाँचीमा जन्मिएर लाेकगायन क्षेत्रलाई निरन्तरता दिंदै छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुको साथै अाफ्ना धमाकेदार प्रस्तुती लिएर कोरिया लगायत विभिन्न देशको भ्रमण गरिसकेकी लोकप्रिय गायिका सलिना नेपालीले दर्शकहरुको लागी तीज कोशेली यसपालिको तिजमा “धनगढि थर्काउने"नामक एल्वम बजारमा ल्याएकी छिन । उक्त गितमा स्वर सलिना नेपाली र डि. बी निरंकारी ले साथ दिएका छन ।

गीतमा लय डि. बी निरंकारीको नै रहेको छ , शब्द गोपाल बि. सि.को रहेको छ भने एरेन्जरमा कृष्ण बिकले गरेका छन् । तिर्सना म्युजिक प्रा.ली.मार्फत बजारमा आएको उक्त गितमा अति सुन्दर नृत्य रामजी खांड र स्वयं सलिना नेपालीको रहेको छ ।

गित अति नै मिठो बनेको हुँदा दर्शकहरुले पनि त्यत्तिकै माया गरिदिनुहुनेछ भन्ने कुरामा अाफु विश्वस्त भएको गायिका नेपालीले बताउनु भएको छ।

हेर्नुहोस भिडियो 

<iframe src="https://www.youtube.com/embed/NquJyWPtNKk" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया