Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका गायक प्रकाश परियारलाइ किन उनका साथिहरुले भन्दै छन नामर्द हेर्नुहोस बिमल परियार र पुष्पा लामिछानेको तिज कोशेली "इख " [ भिडियो सहित ]

   
1502   पटक पढिएको

अर्घाखाँची,साउन १५ |अर्घाखाँचीबुलेटिन संवाददाता| अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर -९ अर्घा पाथ्राबांगमा जन्मेका लोक गायक प्रकाश परियार पछिल्लो समयमा दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल रहेका छन् ।

लोक गायक प्रकास परियारले गत बर्ष जस्तै यस बर्षको तीजमा पनि ३-४ वटा नयाँ तिज कोशेली बजारमा सार्वजनिक गरि सकेका छन् जस तिज कोशेलि मध्ये भर्खरै मात्र बजारमा सार्वजनिक भएको तिज कोशेलिको नाम रहेको छ "ईख " उनले अहिलेसम्म एक दर्जन भन्दा धेरै गीति एल्बम हरु बजारमा ल्याई सकेका छन्।

एस.बि एस.म्युजिक प्रा.ली.को प्रस्तुतीमा बिमल परियार र पुष्पा लामिछानेको संयुक्त प्रस्तुति र गयाक प्रकाश परियार र गायिका टिका पुन मगरको आवाजमा रहेको तिज गित कोशेलि " ईख "सार्वजनिक भएको छ ।

गितमा आफ्नै बबाल्यकालमा साथि भाइ हरुले गायक प्रकाशलाइ बिहे नगरी बस्ने नामर्द बसेको भन्ने जस्ता कुराहरु समेटिएको छ । गितमा लय सब्द बुद्धि बिर गोर्खालीको हेको छ भने गायक प्रकाश परियार र टिका पुन मगरको स्वर रहेको छ ।

एस.बि एस.म्युजिक प्रा.ली.को प्रस्तुतीमा रहेको यस तिज कोशेलीका रेकर्डिस्ट गोविन्द वोली रहेका छन् भने एरेन्जर झलक संगीतमले गरेका छन् । यस तिज गीति कोशेली " ईख "को दृश्य निर्माण जल राप्ति डिजिटल म्युजिक प्रा.ली गरेको छ भने यस तिज गीतको भिडियो सम्पादन चेतन मगरले गरेका छन् भने निर्देशन ,बिशाल बैरागी ,कोरियोग्राफ ,दिलिप राइ ,छायाँकन हरिष महरा ले गरेका छन् ।

यस तिज गित एल्बमको भिडियोमा अभिनय भने चर्चित मोडल अर्जुन खड्का ,सविता राना ,पुष्पा लामिछाने ,जीवन लुइँटेलको उत्कृष्ट भूमिका रहेको छ ।

गीतको भिडियो हेर्नको लागि तल दिएको लिन्क क्लिक गर्नुहोला

<iframe src="https://www.youtube.com/embed/sPTK44XApbA" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया