Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक विजय सुनम ,जीवन पन्थी र सम्झना रणपालको "सारी घुडा माथी" तिज कोशेलीमा मई राम्री छु भन्नेको घोडा माथि साड़ी पुग्दा भयो बबाल [हेर्नुहोस भिडियो ]

   
2081   पटक पढिएको

अर्घाखाँची,साउन १५ |अर्घाखाँचीबुलेटिन संवाददाता| अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका खिदिममा जन्मेका अति नै सुमुधुर मिठो आवजका धनि लोक गायाक विजय सुनाम र लोक गायिका सम्झना रणपाल पछिल्लो समयमा निकै नै चर्चा बटुल्न सफल रहेका छन् ।

गोरखा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुती ,जीवन पन्थी र सम्झना रणपालको संयुक्त प्रस्तुतिमा रहेको तिजगित कोशेली "सारी घुडा माथी" एल्बममा गायक विजय सुनाम र गायिका सम्झना रणपालको आवाज रहेको छ । "सारी घुडा माथी" तिज गित कोशेलि आज मात्र बजारमा सार्वजनिक भएको छ ।

गितमा लय/ सब्द गायक विजय सुनामको रहेको छ भने गीतको बजार व्यवस्थापन गोरखा चौतारी म्युजिक प्रा.लि.ले गरेको छ । तिज गित कोशेली "सारी घुडा माथी "को दृश्य निर्माण सौगात फिल्मस् प्रा.लीले गरेको छ भने यस तिज गीतको भिडियो सम्पादन बिष्णु भट्टराईले गरेका छन् भने निर्देशन - बिन्तिराज पुन्थोकी , सह -नृत्य निर्देशन- झविन नेपालि ,छायाँकन- मोहित मुनालले गरेका छन् ।

यस तिज गित एल्बमको भिडियोमा अभिनय भने चर्चित मोडल /मोडेल- सन्तोष शर्मा ,बिन्दु ,जीवन र शिलाको उत्कृष्ट भूमिका रहेको छ ।

गीतको भिडियो हेर्नको लागि तल दिएको लिन्क क्लिक गर्नुहोला-

<iframe src="https://www.youtube.com/embed/30olbaOQjsQ" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया