Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालले एकदिवसीय क्रिकेटमा ऐतिहासिक गर्यो ऐतिहासिक जीत

   
546   पटक पढिएको

काठमाडौँ । कप्तान पारस खड्का र सोमपाल कामीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गरेको छ ।

एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपालले नेदरल्याण्डलाई हराउँदै पहिलो जीत हासिल गरेको हो । रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा १ रनको जीत हासिल गर्न सफल रह्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनायो । जीतका लागि २ सय १७ रनको लक्ष्य पाएको नेदरल्याण्डले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र २१५ रन बनायो । अन्तिम बलमा जीतका लागि २ रन आवश्यक भएको अवस्थामा फ्रेड क्लासनलाई कप्तान पारसले रनआउट गरेपछि नेपालले नयाँ इतिहास रच्न सफल भयो ।

नेदरल्याण्डका लागि वेस्ले बारेसीले सर्वाधिक ७१ रन तथा ड्यानियल टर ब्राकले ३९ रनको योगदान दिए पनि टोलीलाई जीत दिलाउन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा ललित भण्डारीले २ विकेट लिए । पारस, सोमपाल, बसन्त रेग्मी र दीपेन्द सिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ नेपालका लागि सोमपालले आक्रामक पारी खेल्दै सर्वाधिक ६१ रन बनाए । उनले मात्र ४६ बलमा ३ छक्का र ५ चौका हिर्काउँदै सो रन जोडेका थिए । त्यस्तै कप्तान पारस खड्काले ५१ रनको महत्वपूर्ण योगदान दिए । नेदरल्याण्डका लागि फ्रेड क्लासनले ३ विकेट लिए भने माइकल रिपोन र पिटर सिलरले २–२ विकेट लिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया