Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

साबित्री जोशीले सचेतनामुलक समसामयिक गितले हानिन् झटारो, भन्छिन् कता बग्यो मेलम्ची,कहाँ गुड्यो रेल? [हेर्नुहोस भिडियो ]

   
1290   पटक पढिएको

खुम रायमाझी ,अर्घाखाँचीबुलेटिन |नेपाली महिलाहरुको महान चाड हरितरितालिका तिज नजिकै गर्दा कलाकारहरुका तिज गितद्वारा रङ्गिएका एल्वमहरु वजारमा आउने क्रम निकै तिव्ररुपमा बढिरहेको छ ।

यसै तिजको अवसर पारेर मुलुकको समसामयिक विषयलाई जोडेर सावित्री जोशीको “कता बग्यो मेलम्ची,कहाँ गुड्यो रेल"नामक अति मार्मिक नयाँ काँमेडी तिज गित युवट्युवमा सार्वजनिक भएको छ। यस गितले मेलम्चीको पानी ल्याउँछु भन्ने सरकार खै त? कता गयो पानी जहाज ?कता गुड्यो रेल? भन्ने जस्ता शब्दहरु गितमा उल्लेख गरी सरकार लाई जगाउँने प्रयास गरिएको छ।

सावित्री जोशी ,नेत्र प्रशाद ज्ञावाली र लोकेन्द्र चन्दको स्वर रहेको उक्त तिज गितमा नकुल गौतमले लय शब्द गरेका छन भने भिमसेन अधिकारीको निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा दमन रुपाखेती ,निरु खड्का ,जनक सारीका र सागरको उत्कृष्ट अभिनय रहेको छ।

रेशम दर्मालीको छायांकनमा तयार भएको भिडियोलाई सरिता गौतमले सम्पादन गरेकी छन्। यो तिजी गित एकदमै नयाँ ढंगले मुलुकको विकासमा परिमार्जित शब्दहरुले भरिएको तथा समसामयिक विषयलाई जनहितमा समेटिएर तयार भएको गित हो,विगतमा पनि दर्शकहरुले मेरा गितहरुलाई अति नै मन पराइदिनु भएको छ र यस गितलाई पनि त्यत्तिकै माया गरिदिनु हुनेछ भन्ने कुरामा अाफु विश्वस्त रहेको अहिलेको समयमा अति नै चर्चित लोकदोहोरी गायिका साबित्री गौतम बताउनुहुन्छ।

(बाँकी भिडियोमा हेर्नुहोस्)

<iframe src="https://www.youtube.com/embed/bTXt1LIcU_g" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया