Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

क्रिकेट -दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि दियो ३६५ रनको विशाल चुनौती

   
553   पटक पढिएको

पाल्लीकेल्ली/श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ ।

उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय खेल खेलिरहेका रीजा हेन्ड्रीकले १०२ रन बनाएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३६३ रन बनाएको थियो । रीजा हिन्ड्रीकले ८९ बलमा १०२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

उनी पहिलो एक दिवसीय खेलमै सतक प्रहार गर्ने दक्षिण अफ्रिकाका तेस्रो ब्याट्सम्यान भएका छन् । यसअघि कोलीन इन्ग्राम र टेम्बा बाभुमाले यस्तो रेकर्ड बनाएका थिए ।

दक्षिण अफ्रिकाका तर्फबाट जाँ–पल डुमिनीले ७० बलमा ९२ रन बनाएका थिए । पाँच खेलको यस प्रतियोगितामा अफ्रिका २–० ले अघि रहेको छ । श्रीलंकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ । एएफपी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया