Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित गायक मोहित मुनाल र मिरा कौशलको सुमुधुर आवाजमा रहेको तिज कोशेली " झलल सलल" सार्वजनिक [हेर्नुहोस भिडियो ]

   
2223   पटक पढिएको

सन्धिखर्क ,साउन ,२२ |अर्घाखाँचीबुलेटिन संवाददाता| संवाददाता| अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका बाँगीमा जन्मेका चर्चित लोकदोहोरि गायक ,एक कुशल कार्यक्रम संचालक ,मोहित मुनाल पछिल्लो समयमा दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल रहेका छन् ।

लोकदोहोरि गायक मोहित मुनालले गत बर्ष गाईका खुर लर्के तिज कोशेली बजारमा ल्याएका थिए उक्त तिज कोशेलि बाट मुनाल दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल पनि भएका थिए र बजारमा अत्यन्तै चलेको तिज गित पनि हो ।

गायक मोहितले यस २०७५ सालको तीजमा पनि एकै पटक ३ वटा नयाँ तिज कोशेलीग गित रेकर्ड गरिसकेका छन् भने जस तिज कोशेलि मध्ये भर्खरै मात्र बजारमा सार्वजनिक भएको तिज कोशेलिको नाम रहेको छ " झलल सलल"... रेकर्ड गरेर सकिएका बाकि दुइ तिज कोशेली गित केहि दिनमै बजारमा सार्वजनिक गर्ने उनले बताए -उनले अहिलेसम्म दर्जनौ लोकदोहोरी गीति एल्बम हरु बजारमा ल्याई सकेका छन्।

जालकाडाँ म्युजिक प्रा.ली.को प्रस्तुतीमा चर्चित लोकदोहोरी गायक मोहित मुनाल र गायीका मिरा कौशलको सुमुधुर आवाजमा रहेको तिज गित कोशेलि " झलल सलल" हिज मात्र बजारमा सार्वजनिक भएको छ । गितमा नक्कलीको छुट्टै छ पारा हातमा चुरा सारीमा सीतारा मायाको मुहारै झलल नाचि देउ सलल भन्ने जस्ता सुनिरहू लाग्ने सब्दहरु समेटिएको छ ।

गितमा लय सब्द स्वयं गायक मोहित मुनालकै रहेको छ भने लय शब्द पनि मुनालकै रहेको छ । जालकाडाँ.म्युजिक प्रा.ली.को प्रस्तुतीमा रहेको यस तिज कोशेलीको दृश्य निर्माण सौगात फिल्मस् प्रालिले गरेको छ भने गितको एरेन्ज सुदिप सागरले गरेका छन् ।

यस तिज गीत कोशेली" झलल सलल" को भिडियो सम्पादन सुगन शर्माले गरेकी छिन भने निर्देशन ,बिन्तिराज पुन्थोकी ,,छायाँकन मोडल सन्तोष शर्माले गरेका छन् । यस तिज गित एल्बमको भिडियोमा अभिनय भने चर्चित मोडल बिन्दु र बिष्णुको उत्कृष्ट भूमिका रहेको छ ।

गीतको भिडियो हेर्नको लागि तल दिएको लिन्क क्लिक गर्नुहोला-

<iframe src="https://www.youtube.com/embed/y2P-RjTzD94" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया