Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालले आज थाइल्याण्डमा दोस्रो फूटबल अभ्यास खेल खेल्दै

   
562   पटक पढिएको

काठमाडौं- साउन २५ [ अर्घाखाँची बुलेटिन ]: - एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।

थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया