Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

क्रिकेट छनौट अभ्यासका लागि नेपाली टोली श्रीलंका जाँदै

   
610   पटक पढिएको

काठमाडौं- भदौ ४ [अर्घाखाँची बुलेटिन ]: - एसिया कप क्रिकेट छनौट प्रतियोगिताका लागि अभ्यास गर्न नेपाली टोली सोमबार श्रीलंका जाँदैछन । त्यसपछि मलेसियामा अगस्ट २९ देखि आयोजना हुने छ भने अभ्यास एक हप्ता रहने जनाइएको छ  ।

एसिया कप छनौटका लागि प्रस्थान गर्नेछन । श्रीलंकामा रहँदा नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, अगष्ट २४ मा ब्लुमफिल्ड र अगष्ट २६ मा कोल्ट्स बिरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ।

युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्ने छन् र बाँकी एक राष्ट्रको निर्क्यौल एसिया कप छनौटपछि हुनेछ। छनौट प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसँग समूह चरणमा खेल्ने छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया