Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पर्वत कालकाजी दिल्ली क्लबले आयोजना गरेको खुल्ला भलिबल टुर्नामेन्ट भब्य रुपमा सम्पन्न : उपाधि पर्वत कालकाजी क्लबलाइ

   
1237   पटक पढिएको

अर्जुन थापा ,दिल्ली भदौ,४ |अर्घाखाँची बुलेटिन - १५ अगस्तको अबसर पारेर पर्वत कालकाजी दिल्ली क्लबले आयोजना गरेको दिल्ली स्थित गोबिन्दपुरिमा खुल्ला भलिबल टुर्नामेन्ट भब्य रुपमा सफल भएको छ ।

१५ अगस्त को अबसर पारेर राखेको उक्त खेल १५ अगस्त मा फाइनल खेल हुन नसके पछी १९ अगस्त को आइतबार को दिन दिल्ली को राजधानी गोबिन्दपुरी मा भएको हो उक्त खेल मा २३ टिम को सभागिता रहेको थियो २३ टिम लाइ पछी पार्दै पर्वत कालकाजी दिल्ली कलब प्रथम भएको छ भने नेपाली देशभक्त आवाज दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

भारत प्रवसमा बसेर साहुको काम गरेर बचेको समयलाइ देश समाज,जनता ,कलासंस्कृति,कलाकारिता, पत्रकारिता, स्वयंसेवक अनि खेलकुद जस्ता उत्कृष्ट बिषयलाइ प्राथमिकता दिदै आएको गैर राजनीतिक सामाजिक संस्था नेपाली देशभक्त आवाज को खेलकुद तर्फबाट प्रतिनिधित्व गरेका खेल संयोजक हरि रोका ले आगमी दिन मा अझै राम्रो प्रतिस्पर्धात्मक खेल हुने र अब अर्को भलिबल टुर्नामेन्ट नेपाली देशभक्त आवाज ले राख्ने योजाना भएको जानकारी दिएका छन उक्त खेलमा तेस्रो स्थान भने साइपाल युथ कलब ले हासिल गर्न सफल भयको थियो ।

प्रवासी खेल प्रेमी हरु को बाक्लो उपस्थितिमा खेल मैदान मा देख्न मिलेको थियो बर्षातको कारण केहीबेर खेल स्थगित गरेपनि खेलाडीहरु को जोसमा भने केही असर परेको थिएन केही बेर ढिला हुन गएको खेल राती ९ बजे सम्म भब्य र सभ्य भएको छ ।

उक्त टुर्नामेन्ट संयोजक राजु गुरुङ थिए भने अध्यक्षता प्रशान्त गुरुङ ले गरेका थिए।

आयोजकले उक्त खेलमा सहभागी सम्पुर्ण बिजेता टिमलाइ नगद राशी ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया