Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकी चेली गायिका कमला आचार्यले बजारमा सार्वजनिक गरिन मौलिक,संस्कृतिक बोकेको तिज कोशेली " घ्यु संगाली राखे आमा" [हेर्नुहोस भिडियो ]

   
1197   पटक पढिएको

सन्धिखर्क ,भदौ १३अर्घाखाँचीबुलेटिन |- विन्ध्यवासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा अर्घाखाँचीकि चेली कमला आचार्यको " घ्यु संगाली राखे आमा" भन्ने तिज कोशेली बजारमा सार्वजनिक भएको छ ।

"घ्यु संगाली राखे आमा भन्ने तिज कोशेलीमा शब्द संकलन ,स्वर .र लय गायिका कमला आचार्यको रहेको छ भने गीतको उत्पादक वितरण विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले गरेको छ । गीतमा अभिनय टिका जैसी ले गरेकी छिन भने निर्देशन बिक्रम चौहानले गरेका छन् ।

छायांकनमा प्रकाश खड्का ,सम्पादन -मिलन बिश्वकर्मा ,र दृश्य निर्माण बि स्टार फिल्मस् प्रा लिले गरेको छ । लोकसंगीत क्षेत्रमा फैलिएका छाडापनका म्युजिक भिडियो र तिज गितले गर्दा पछिल्लो समयमा हाम्रो समाजका मौलिक .संस्कृतिक भाषा बोकेका गितहरु कमि नै सुन्न र हेर्न पाइन्छ तर गायिका कमला आचार्यले एक मौलिक र संस्कृतिक पन झल्किने गरि तिज गित बजारमा सार्वजनिक गरेकी छिन ।

गीतमा आफ्नो आमालाई घ्यु संगाल्न आग्रह गर्दै बाचे भेट हौला आमा बर्षदिनको तीजमा भन्ने जस्ता मन छुने शब्दहरु समावेश गरिएको छ ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/38vK7DG_FTw" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया