Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

युएईले नेपाललाई दियो जीतका लागि २ सय ५५ रनको लक्ष्य

   
576   पटक पढिएको

काठमाडौँ । एसिया कप छनोटअन्तर्गत दोस्रो खेलमा युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो । तर, कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो ।

युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए । ओपनर मोहमद असफाक अहमद ४५ रन बनाएर १२ औँ ओभरमा आउट हुनअघि उनले ४५ रन बनाए । कप्तान रोहन मुस्तफा १ रनमा आउट भएपछि रामिज शहजाद र चिराग सुरीले खेल सम्हाले । सुरी रनआउट हुनअघि टोलीका सर्वाधिक ६५ रन बनाए भने शहजादले ३५ रनको योगदान दिए ।

त्यस्तै, अदनान मुफ्तीले अर्धशतक बनाएपछि युएई विशाल योगफल तर्फ लम्कियो । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २४ रन खर्चदै चार विकेट लिए भने । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ ।

यूएइ र नेपाल दुवै अन्तर्रा्ष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया