Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एशिया कप छनौटमा लगातार दुइ खेलको हार झेलेको नेपाल आजको मलेसिया बिरुद्धको तेस्रो खेलमा पहिलो जीत गर्ने सफल , मलेसिया १९ रनले पराजित

   
609   पटक पढिएको

काठमाडौँ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिएपछि मलेसिया पराजित बन्न पुग्यो ।

मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वाधिक ३४ रनको योदान दिए भने अहमद फैज मोहमद नुरले र जगजित सिंह क्रमशः २२ तथा २१ रन बनाए । यसअघि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले एशिया कप छनौट अन्तरगत तेस्रो खेलमा मलेसियासामु १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनायो । वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो ।

त्यसपछि ऐरी र शेखले मात्र ८८ बल १०१ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाए । सयजरुल एजात इद्रुसको बलमा आउट हुन अघि ऐरीले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतले ५४ रन बनाए । शेखले नटआउट रहँदै मात्र ४८ बलमा ६४ रन बनाए ।

यस क्रममा उनले २ छक्का र ५ चौका हिर्काए । नेपालका लागि ओपनर अनिल कुमार साहले १६, पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । मलेसियाका लागि इद्रुसले ३ तथा शारविन मुनियान्डीले ३–३ विकेट लिए ।

यसअघि, दुई खेल हारेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ । एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । अब नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया