Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

द्रोसो अर्घाखाँची प्रिमियर लिग (Apl) को पत्रकार सम्मेलन सम्पन्न

   
927   पटक पढिएको

सन्धिखर्क - भदौ १६ [अर्घाखाँची बुलेटिन ]:- अर्घाखाँची प्रिमियर लिग (apl) ले सनिवार पत्रकार सम्मेलन गरी सबै भन्दा ठुलो द्रोस्रो क्रिक्रेट प्रिमियर लिग सन्धिखर्कमा हुने जनाएको छ ।

सन्धिखर्कमा अब हुने क्रिक्रेट खेललाई कसरी अनुशासित र भव्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बारे आज सन्धिखर्कको न्यु स्टार होटेलमा बसी छलफल गरिएको हो । क्रिक्रेट खेललाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन विदेशी भुमिमा कार्यरत खेलप्रेमी , समाज सेवि, राजनीतिदल तथा संचार माध्यमको ठूलो सयोग हुने अपेक्षा अनि भुमिका रहेको संस्थाका अध्यक्ष ऋषि भट्टराईले बताएका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम ब. " लेकाली ", पत्रकार सयोगी बिसी , नयाँ एफ का म्यानेज तथा पत्रकार हरि भुसाल , पत्रकार गणेश खनाल , पत्रकार कमल विस्ट , मन्तव्यराख्दै सुझाव राखेका थिए । पत्रकारहरु , समाज सेवि लगाएत खेलाडीहरु को उपस्थिति रहेको थियो ।

खेल यहि असाेज १२ गतेबाट शुरु हुने भएकाे छ ।यो खेल जिल्लाको सबै भन्दा ठूलो हुनेछ। प्रतियाेगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने द्वितीय हुनेले ५५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

अहिलेसम्म चारवटा टिमले भागलिने भएका छ्न। लिगमा एम्स स्टार, सुपर सुपा - ११, राेयल सन्धिखर्क र नमस्ते अर्घाखाँची रहेका अध्यक्ष भट्टराई ले जानकारी गराएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया