Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल द्वारा सिङ्गापुर चार विकेटले पराजित

   
516   पटक पढिएको

 काठमाडौँ । एशिया कप छनौट अन्तरगत नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।

जीतका लागि १ सय ५२ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र २८.१ ओभरमा ६ विकेट गुमाएर पछ्यायो । नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए ।

दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक छक्कासहित ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २ छक्का र १ चौकासहित २९ रन बनाए । सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए । यसअघि, टस जितेर पहिलो ब्याटिङ रोजेको सिंगापुर मात्र ४२ ओभरमा १ सय १५१ रनमा सिमित बनेको थियो ।

नेपालका बलरहरुको उत्कृष्ट बलिङ अगाडि सिङ्गापुरका ब्याट्सम्यान निरिह देखिए । सिङ्गापुरका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् । सिङ्गापुरको शुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई सोमपाल कामीले चौथो ओभरभित्र पभेलियन फर्काए ।

त्यसपछि कप्तान चेतन रामचन्द्र सूर्यवंशी तथा अनिश एडवार्ड पारामले सिङ्गापुरको पारीलाई सम्हाल्ने प्रयास गरे । सूर्यवंशीले सर्वाधिक ६० तथा पारामले ३१ रनको योगदान दिए । सूर्यवंशीले ८८ बलमा ८ चौका र १ छक्का हिर्काए । खेलको अन्त्यतिर कार्तिकेन सुब्रमनियनले २० रन बनाए । तर, ललित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिएपछि सिङ्गापुरको पारी धर्मरायो ।

सोमपालले २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा युएईसँग नेपाल पराजित भइसकेको छ ।

शनिबार मलेसियाबिरुद्ध नेपालले पहिलो जित हासिल गरेको थियो । अब नेपालले हङकङसँग १९ गते खेल्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया