Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

महिला तर्फको सुर्य नेपाल अन्तर्राष्ट्रिय अवार्ड अर्घाखाँचीकी होनहार चेली सम्झना लामिछाने मगरको पोल्टामा

   
1178   पटक पढिएको

खुम रायामाझी,अर्घाखाँची बुलेटिन-जापानको राजधानी टोक्योमा सम्पन्न “सूर्य ईन्टरनेशनल अवार्ड-२०१८ को महिला तर्फको वेस्ट लोक दोहोरी अवार्ड गायिका सम्झना लामिछाने मगरको पोल्टामा परेको छ ।

सेप्टेम्बर १६ जापानमा सुर्य अवार्ड कार्यक्रममा अनलाईन भोटको आधारमा बेस्ट फोल्क सिंगर फेमेलमा परेकी सम्झनालाई भोटको आधारमा विजयी घोषित गरेको हो ।

आयोजक सूर्य ईन्टरनेशनलले निष्पक्ष रूपमा भोटको आधारमा विजयी छनोट भएको जानकारी दिएको छ । गत सातासम्म जापानमा रहेकी गायिका सम्झना लामिछाने मगर भन्छिन जापानमा पहिलो पटक भएको उक्त अर्वाड कार्यक्रम सभ्य र भव्यरुपमा सफल होस भनेर कामना गरेकी छिन् भने दर्शकश्रोता तथा शुभचिन्तकहरुले सदैव यस्तै माया गरिरहनुहुनेछ भन्ने कुरामा अाफु विश्वस्त रहेको गायिका लामिछाने बताउँछिन्।

अर्घाखाँचीमा जन्मिएर गितसंगितलाई अँगाल्दै अाएकी सम्झना अाज लोकदोहोरी क्षेत्रमा एक परिचित गायिकाको रुपमा नाम राख्न सफल भएकी छिन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया