Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

फेरी आयो चर्चित मोडल बिपेस घिमिरेको उत्कृष्ट अभिनयमा र गायक सुर्य खड्काको आवाजमा रहेको धुरु -धुरु मन रुवाउने गीति एल्बम "रित्तो काख "[हेर्नुहोस भिडियो ]

   
841   पटक पढिएको

सुजन बिश्वकर्मा,असोज-८ | प्रवासमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रलाई माया गर्ने सयौं कलाकारहरू मध्य सुर्य खड्का पनि बिशेष हुन ।

हाल जापनमा रहेका उनिले आफ्नो कार्यब्यस्तताको बाबजुद पनि समय समयमा अत्यन्तै उत्कृष्ट गीतहरू बजारमा ल्याएर लाखौ दर्शकको मन जित्न सफल भएका छन कहिले रुवाउने कहिले हसाउने बहु प्रतिभाका धनी सुर्य खड्काको मर्मस्पर्शी लय र पुरुष तर्फ सुर्य सँगै उस्तै स्वरका धनी गायक निर्मल क्षेत्रीको स्वरमा सजिएको सामाजिक यथार्थमा आधारित मार्मिक गीत “रित्तो काख” उनकै अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

गुराँस मुभिजको प्रस्तुतिमा रहेको उक्त गीतमा आफ्नो उत्कृष्ट गायन कला मार्फत नेपाली कलाकारीता क्षेत्रमा सुन्दर भविष्य खोज्दै यसै गीत बाट सांगीतिक यात्रा सुरु गरेकी बाग्लुङ्गकि चेली सुमधुर स्वरकी धनी रिना के.सिको आमाको भुमिकामा स्वर रहेको छ केही समय प्रवासको बसाइँ पछि स्वदेश आए लगत्तै यस क्षेत्रमा पहिलो पाइला शुभारम्भ गरेकी उनले परदेशको यथार्थ पीडा समेटिएको शब्दमा रहेको गीत गाउँदा स्टुडियोमै भावुक बनेको बताउँछिन ।

स्वदेशमा प्रयाप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यताबस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउने हरेक नेपालीको सत्य परिस्थितिमा आधारित रहेर शिव अखेलीको शब्द सृजना रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन ।

सुखी भविष्यको सपना सजाएर केही धन कमाउन परदेश जाँदा दुई छोराको अकालमै मृत्यु भएपछि एउटी आमालाई कति चोट पर्छ त्यो सम्झिँदा जो कोहिको आँखा रसाउँछ गीतमा यो पक्ष पनि अत्यन्तै कारुणिक रहेको छ जो कोहीको मृत्यु पछि धार्मिक मान्यता अनुसार कुनै धामी झाक्रीको शरिरमा उसको आत्मालाइ बोलाउने र सत्यमा नै यो सम्भव छ भन्ने पुरानो प्रचलनलाई सहि ढङ्गले प्रस्तुत गरिएको दृश्यले सबैको मन छुने देखिन्छ ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चाको शिखरमा रहेका धेरै भन्दा धेरै दर्शकको मन जितेर सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका मोडल बिपेश घिमिरे उस्तै बहुचर्चित महेन्द्र गौतम र म्युजिक भिडियो देखि चलचित्रसम्म सबैले रुचाएकी बहु प्रतिभाकी धनी कलाकार रमा थपलियाको साथमा शंकर के.सि को उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/tzLWJWmmeAg" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया