Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची प्रीमियर लिग APL को तयारी पूरा

   
744   पटक पढिएको

कमल बिष्ट,असोज ११|अर्घाखाँचीबुलेटिन - जिल्लामा सर्वाधिक पुरस्कार राशीको क्रीकेट प्रतियोगिता अर्घाखाँची प्रीमियर लिग APL को दोश्रो सस्करणको तयारी पूरा भएको छ ।

सन्धिखर्कको टुडिखेल मैदानमा भोलि (आस्विन १२) गते दिउँसो २ बजे एक भब्य औपचारिक समारोहका विच प्रतियोगिताको उद्घाटन हुने APL का संयोजक तथा आयोजक संस्था अर्घाखाँची सामुदायिक विकास क्लबका अध्यक्ष ऋषिकेश भट्टराइले जानकारी दिनुभयो ।

प्रतियोगिता लिग सिस्टममा २०/२० फर्मेटमा खेलाइने र चार टिमको सहभागिता रहनेछ, जसमा बिक्रमकुमार भुसालको कप्तानिमा एम्स स्टार, जगत क्षेत्री सन्जुको कप्तानिमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्किको कप्तानिमा सुपर सुपा इलाभेन मैदानमा उत्रनेछन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु .१ लाख ५  हजार र द्वितीय हुने टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने ब्यक्तिगत प्रदर्शनका विभिन्न विधामा समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया