Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

यू-१९ एसिया कपः भारतसँग १७१ रनले हार्‍यो नेपाल

   
531   पटक पढिएको

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले हारबाट यात्रा सुरु गरेको छ ।

शनिबार भएको खेलमा बलियो टोली भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए ।

७ ब्याट्सम्यनले दोहोरो अंक नै जोड्न सकेनन् । यसअघि बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको साझेदारी गरे । पवन साह १३ रनमा आउट भए । तर, सिमरन सिंहले जैसवालसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जैसवाल १०४ रनमा आउट भए । यश राठोड मात्र ३ रनमा आउट भए ।

तर, आयुष बडोनीले सिमरनसँग ५४ रनको साझेदारी गरे । पाँचौं विकेटका रुपमा आउट भएका सिमरनले ८२ रन बनाए । बडोनीले ३३ रन जोडे । नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो नाममा लेखाए ।साभार अनलाइन खबर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया