Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दोस्रो अर्घाखाँची प्रीमियर लिग प्रतियोगिता खेल सम्पन्न : उपाधि रोयल संधिखर्कको पाल्टोमा

   
956   पटक पढिएको

समान्ता पाण्डे,असोज २०| अर्घाखाँचीबुलेटिन-“स्वास्थ्यका लागि खेलकुद ,रास्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ असोज १३ गतेबाट सुरु भएको दोस्रो अर्घाखाँची प्रीमियर लिग आज सकिएको छ ।

अर्घाखाँची सामुदायिक बिकास क्लवको मातहतमा सन्चालित अर्घाखाँची कृकेट एकेडेमीको आयोजनामा संचालित दोस्रो अर्घाखाँची प्रीमियर लिगको उपाधी रोयल सन्धिखर्कले हात पारेको छ । राउन्ड रोबिन लिगको आधारमा खेलिएको खेलमा अन्तिम फाईनल खेलमा एम्स स्टार र रोयल सन्धिखर्क पुगेका हुन् ।

रोयल सन्धिखर्क ५ खेल मध्ये ४ खेल जितेर फाइनलमा स्थान बनाएको हो भने एम्स स्टारले ६ खेल मध्ये ५ खेल जितेर फाइनलमा स्थान बनाएको हो। लिग चरणको अन्तिम रोयल सन्धिखर्क र एम्स स्टार बिचको खेल प्राविधिक कारणले रद्द भएको थियो।

आज सम्पन्न फाईनेल खेलमा तस जितेर एम्स स्टारले पहिले ब्याटीङ्ग रोजेको थियो । रोयल सन्धिखर्कका बलरहरुको कसिलो बलिङ्गको दबाबमा परेको एम्स स्टारले पूरा २० ओभर खेली जम्मा ५६ रन बनायो ।

५७ रनको लक्ष्य पाएको रोयल सन्धिखर्कले १२.५ ओभरमा २ बिकेटको क्षेतीमा लक्ष्य भेटायो । रोयल सन्धिखर्कले एम्स स्टारलाई ८ बिकेटले पराजित गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया