Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक सुरेन्द्र परियार र गायिका पार्वता पाण्डेको मनै धुरु -धुरु रुवाउने दशैँ कोसेली "आँशु" गीति एल्बम सार्वजनिक [भिडियो सहित ]

   
4553   पटक पढिएको

कमला थापा ,अर्घाखाँची |असोज २४,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर-९ किमडाँडाको ओखरखोलामा जन्मेका लोकदोहोरी नवगायक सुरेन्द परियारको अत्यन्तै मार्मिक सब्दले सजिएको दशैँ कोसेली "आँशु" गीति एल्बम आज मात्र सार्वजनिक भएको छ ।

गायक सुरेन्द्र परियारको लय,र उनकै शब्द संकलमा रहेको दशैँ कोसेली "आँशु" गीति एल्बममा पछिल्लो समयमा लोकदोहोरि क्षेत्रमा दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल गायिका पार्वता पाण्डे र गायक सुरेन्द्र परियारको सुमुधुर आवाज रहेको छ ।

गायिका पार्वताले अहिलेसम्म एक दर्जन भन्दा धेरै गीति एल्बमहरु बाजारमा सार्वजनिक गरिसकेकी छिन । यस गीतका निर्देशक नसिब बि.क रहेका छन् भने छायांकन /सम्पादक दिपक श्रेष्ठ ,रंग संयोजन,योगेन्द्र शाक्य ,शृंगार ,मनु श्रेष्ठको रहेको छ ।

दशैँ कोसेली "आँशु" गीति एल्बममा मोडल ,सुरज ,शिला ,सन्दिप ,र बिशाल पाण्डेले अभिनय गर्नुभएको छ ।

"आँशु" गीति एल्बमलाइ म्यूजिक नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/EdUvZiRqUdo" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया