Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित लोकगायक ,सर्जक ,मोडल "कुशल बेल्वासेको" शब्द संगीत र गायक लेखनाथ आचार्यको सुमुधुर स्वरमा रहेको दशैँ कोशेली "बाचे घर आम्ला " भन्ने एल्बम सार्वजनिक [भिडियो सहित ]

   
3509   पटक पढिएको

कमला थापा/काठमाडौं ,असोज २५ |अर्घाखाँचीबुलेटिन- अर्घाखाँची जिल्लाको पटौटि गा.वि.स वडा नम्बर - ७ निगाली गाउँको एक साधारण परिवारमा जन्मेका चर्चित लोकदोहोरी गायक ,सर्जक कुशल बेल्वासे उनि २,३ बर्षको सानो उमेर देखिनै लोकसंगीतका पारखि थिए ।

गायक बेल्वासे पछिल्लो समयमा लोकदोहोरि क्षेत्रमा दर्शक श्रोताहरुबाट निकै नै चर्चा बटुल्न सफल भएका छन् । चर्चित लोकदोहोरि गयाक कुशल बेल्वासेले २ दर्जन भन्दा धेरै एकदमै लोकप्रिय गीति एल्बमहरु बजारमा ल्याई सकेका छन् ।

जस मध्ये "रातो घलेकीमा रोदी घरमा कुमजोडी नाचौला औ है बेलुकिमा "भन्ने गीति एल्बमबाट लोकसंगीत क्षेत्रमा एका एक चर्चा कमाउन पुगेका थिए ।उनले राज्य सामु आफुलाई मात्र गायक कुशल बेल्वासे भनेर मात्र चिनाएनन ,उनले आफु जन्मेको गृह जिल्ला अर्घाखाँचीको नाम राज्य सामु रोशनी गराएका छन् ।

गायक बेल्वासेले केहि दिन अघि मात्र पृथ्वी इन्टरटेण्टमेन्ट को प्रस्तुतिमा आफ्नै सब्द संगीत,आफ्नै अभिनयमा गायक लेखनाथ आचार्यको सुमुधुर आवाजमा सजिएको दशैँ कोशेली "बाचे घरआम्ला " भन्ने अत्यन्तै मर्म स्पर्सी गीति एल्बम बजारमा सार्वजनिक गरेका छन् ।

"बाचे घरआम्ला "भन्ने एल्बममा ,चर्चित हास्यकलाकार शुरवीर पण्डित (दारी बा )रमा थपलिया ,कुशल बेल्वासे ,बाल कलाकार ,पर्त्युष भट्ट र प्राम्स भट्टको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोको दृश्य निर्माण साइ भिजन प्रा.लिले गरेको छ ।

यस गीतको निर्देशन प्रकाश भट्टले गरेका छन् ,छायांकनमा राजेश घिमिरे ,सम्पादक ,बिष्णु शर्माले गर्नुभएको छ ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/tC-01EfyGdU" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया