Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विराट कोहलीले रचे इतिहास, सचिन तेन्दुलकरलाई पनि उछिने

   
836   पटक पढिएको

नयाँ दिल्ली /भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्ध इतिहास रचेका छन् । विशाखापट्टनम वानडेमा उनले सचिन तेन्दुलकरको एक अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । 

वेस्टइन्डिजविरुद्ध सिरीजको दोस्रो वान डेका क्रममा विराट सबैभन्दा तीब्र गतिमा १० हजार रन पुरा गर्ने खेलाडी पनि भएका छन् । विराटको यो कीर्तिमानका क्रममा भारतीय पारीको ३७ औँ ओभर क्यारेबियन बलर नर्स लिएर आएका थिए ।

ओभरको तेस्रो बलमा कोहलीले एक रन लिँदै  वानडे क्रिकेटको यो सबैभन्दा ठुलो रेकर्ड पनि आफ्नो नाममा लेखाएका हुन् । विराटले यो उपलब्धि २०५ पारिमा हासिल गरे । जबकि जबकि सचिनले यो उपलब्धि हात पार्न २५९ खेल कुर्नुपरेको थियो । 

यस भिडन्त भन्दा अघि कोहली १० हजार रनको आँकडा भन्दा ८१ रन पर थिए । उनले २०४ पारिमा ५८ भन्दा धेरैको औसतले ९९१९ रन बनाएका थिए। तर दोस्रो वान डेमा उनले टिमलाई मात्रै सम्हालेनन् यति ठुलो कीर्तिमान पनि आफ्नो नाममा लेखाए । 

यसअघि भारतको तर्फबाट सचिन, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्रसिंह धोनीले १० हजार रन बनाएका थिए । अब विराट कोहलीले सबै दिग्गजलाई पछार्दै सबैभन्दा तीब्र गतिमा १० हजार रनको कीर्तिमान आफ्नो नाममा पार्न सफल भए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया