Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एवाईसी अन्तरपालिका स्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको फाईनलमा शितगंगा र भुमिकास्थान : फाइनल खेल भोलि ९ बजे देखी शुरु हुने

   
853   पटक पढिएको

सागर महत ,कात्तिक १०,/ अर्घाखाँची -शितगंगा नगरपालिका र भुमिकास्थान नगरपालिका एवाईसी अन्तरपालिका स्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको फाईनलमा प्रवेश गरेका छन् ।

सेमिफाईनल अन्तर्गत आज भएको पहिलो खेलमा भुमिकास्थान नगरपालिकाले मालारानी गाउँपालिकालाई ३–१ को सेटमा र दोस्रो खेलमा शितगंगा नगरपालिकाले ३–० को सोझो सेटमा सन्धिखर्क नगरपालिकालाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

तेस्रो स्थानका लागि भोलि विहान ८ बजे सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकाबीच प्रतिस्प्रधा हुनेछ । फाईनल खेल विहान १० बजे हुने अर्घाखाँची युवा परिषद्का महासचिव प्रकाश भुसालले जानाकारी दिनुभयो ।

‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा आयोजना भएको भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहेको थियो ।

भलिवल प्रतियोगीतामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो ।

रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने उहाको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया