Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एवाईसी द्वार आयोजित अन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिता २०७५ सम्पन्न : उपाधि सितगंगालाइ

   
1077   पटक पढिएको

कमला थापा ,सन्धिखर्क /अर्घाखाँचीबुलेटिन -AYCअन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिता २०७५ को फाइनल खेलमा सितगङ्गा नगरपालिकाले भूमिकास्थान नगरपालिकालाइ बेस्ट अफ फाइभको खेलमा पराजित गर्दै उपाधि हासिल गरेको छ ।

पहिलो सेटमा सितगंगाले भुमिकास्थानलाइ २५-२२ को अन्तरले पराजित गरेको थियो भने भने दोश्रो सेटमा २५-२३ अंकको अन्तरले पराजित गरेको थियो ।

भूमिकास्थान नगरपालिकाले आफ्नो टिमको तर्फबाट उतकृष्ट खेल देखाउदै तेस्रो सेटमा सितगङ्गा नगरपालिकालाइ २५ -२० अंकको अन्तरले पराजित गरेको थियो । खेलको फाइनल सेटको अन्तिममा खेल अत्यन्तै रोमान्चक  रहेको थियो फाइनल खेलको अन्तिम सेटमा सितगंगाले भुमिकास्थानलाइ २८-२६ को अन्तरले पराजित गर्दै २०७५ सालको AYCअन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

  AYCअन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिता २०७५ मा प्रथम हुने टिम सितगङ्गा नगरपालिका , द्वितीय हुने टिम भुमिकास्थान नगरपालिका र तृतीय हुने टिम मालारानी गाउँपालिका रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाइ ५० हजार द्वितीय हुने टीमलाइ  ३० हजार र तृतीय हुने टिमलाइ २० हजारको राशि रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया