Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पोखरा प्रिमियर लिगमा चितवनले बिराटनगरलाइ ४ विकेटले पराजित गर्यो

   
642   पटक पढिएको

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । चितवनको जितमा सनी पटेलले नटआउट ५१ रन जोडे । खेलमा १२ बल बाँकी हुँदा चितवनलाई २६ रन चाहिएको थियो । १९ औं ओभरमा चितवनका सनी पटेलले २ छक्का प्रहार गरे भने सोनु तामाङले चौका प्रहार गरेपछि चितवन जीततर्फ अघि बढेको थियो ।

१९ औं ओभरमा चितवनले १८ रन जोडेको थियो । २० औं ओभरमा सनी पटेलले २ छक्का प्रहार गरेपछि चितवनको जित सुनिश्चित भएको हो । सनी पटेलले २४ बलको मद्दतमा ५१ रन जोडेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

चितवनका आरिफ सेखले ३५, समित पटेलले २१, अनिल साहले १३ रन जोडे । टस जितोर ब्याटिङ रोजेको विराटनगरले खेलको पुरै २० ओभरमा ५ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो । बिराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने सुनिल धमालाले रन ।

प्रदीप ऐरि र पुष्प थापाले ११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । एसके पटेल र पारस खड्काले विराटनगरेको २/२ विकेट लिए । करन केसीले एक विकेट लिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया