Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल भलिवल क्लब कुवेतद्वारा अायोजित "अन्तर नेपाली खुल्ला भलिबल" प्रतियोगिता भारी वर्षाका कारण स्थगन,अब २३ नोभेम्वरमा गरिने

   
820   पटक पढिएको

अर्घाखाँची बुलेटिन,कुवेत- नेपाल भलिवल क्लब कुवेतले भोलि १६ नोभेम्बर शुक्रवार आयोजना गर्ने गरि तयारी गरिएको खुल्ला भलिवल प्रतियोगिता कुवेतको प्रतिकूल मौसम भारी बर्षा,तिव्र हावा र बाढीका कारण स्थगित गर्दै अर्को शुक्रवार २३ नोभेम्बर २०१८ मा आयोजना गर्ने जनाएको छ ।

साथै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था,खेलप्रेमी,पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टुंगो लगाएको आयोजकले जनाएको छ ।

त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतिस्पर्धी टिमहरु:
१) हिस्को कम्पनी <> नेपाल टिम"A"
२)कुवेत लायन्स <> बागलुङ समाज
३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज
४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज
५) अलघानिम कम्पनी <> एम.वाई.सी.
६)लाफा क्लब <> नेपाल टिम"B"
७) मिक्स मायदी <> निर्मल टिम

प्रतियोगिता सम्बंधी थप जानकारी :
दर्ता शुल्क - १० केडी
प्रथम पुरस्कार - १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र
द्वितिय पुरस्कार - ५० केडी ,मेडल, ट्रफि , प्रमाण पत्र
मिति- २३ नोभेम्बर २०१८( शुक्रवार )
स्थान - झाड़ी ( महाबुल्ला )
समय - ८ बजे बिहान
संयोजक - राज मल्ल ( 60067572 )
BEC प्रतिनिधी - डम्बर गुरूङ( 97269182)
- शम्बु निरौला (90948667)
सम्पर्क - राज मर्हजन - 65931063,55135902,
हिमाल गाहा मगर - 50017790
रुपेन्द्र पाण्डे - 50632416
गोकुल जि सि - 97914531
सुरज सेन ठकुरी -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया