Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

क्लब कुवेतद्वारा अायोजित "अन्तर नेपाली खुल्ला भलिबल" प्रतियोगिताको फाइनल खेल ३० नोभेम्वरमा हुने, ६ टिम कडा प्रतिष्पर्धामा

   
823   पटक पढिएको

खुम रायमाझी कुवेत ,अर्घाखाँचीबुलेटिन - नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको २३ नोभेम्वर २०१८ का दिन उद्घाटन भएको छ ।

खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्मपन्न भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थिए :

) हिस्को कम्पनी <> नेपाल टिम"A"
२)कुवेत लायन्स <> बागलुङ समाज
३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज
४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज
५) अलघानिम कम्पनी <> एम.वाई.सी.
६)लाफा क्लब <> नेपाल टिम"B"
७) मिक्स मायदी <> निर्मल टिम

जस मध्ये -नेपाल टिम “A” , बागलुङ सेवा समाज,सुदुरपश्चिम सेवा समाज,कल्याणकारी नेपाली समाज,अलघानिम कम्पनी, नेपाल टिम"B"र मिक्स मायदी क्वार्टर फाइनलमा प्रवेस गरेका छन ।

क्वार्टर फाइनलको टाइसिट अनुसार - नेपाल टिम “A” vs कल्याणकारी नेपाली समाज, नेपाल टिम “B” vs अलघानिम कम्पनी, सुदुरपश्चिम सेवा समाजvs मिक्स मायदी र बागलुङ सेवा समाज बाई परेको छ ।

हिजो सम्पन्न प्रथम क्वार्टर फाइनल खेलमा कल्याणकारी नेपाली समाजले सेमिफ़ाइनलको यात्रा तय गरेको छ भने बाक़ी खेल सगै फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा हुने छ।

आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था,खेलप्रेमी,पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ । त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ ।

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :-

प्रथम पुरस्कार - १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र
द्वितिय पुरस्कार - ५० केडी ,मेडल, ट्रफि , प्रमाण पत्र
मिति- ३० नोभेम्बर २०१८( शुक्रवार )
स्थान - झाड़ी ( महाबुल्ला )
समय - ८ बजे बिहान
संयोजक - राज मल्ल ( 60067572 )
BEC प्रतिनिधी - डम्बर गुरूङ( 97269182)
- शम्बु निरौला (90948667)
सम्पर्क - राज मर्हजन - 65931063,55135902,
हिमाल गाहा मगर - 50017790
रुपेन्द्र पाण्डे - 50632416
गोकुल जि सि - 97914531

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया