Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित मोडल कृष्ण सापकोटाको “बल्कोटे ठिटो ” गीति एल्बम सार्वजनिक ( हेर्नुहोस भिडियो )

   
1584   पटक पढिएको

समीर प्रकाश पाण्डे ,काठमाडौं | अर्घाखाँचीको बलकोटमा जन्मिएर पछिल्लो समय नेपाली गीत सङ्गीत को क्षेत्रमा सक्रिय कलाकार कृष्ण सापकोटाले एक पछि अर्को गीत बजारमा ल्याइरहेका छन् केही समय अगाडि मात्र नायिका एलिना रायमाझीलाई लिएर “ कृष्ने मेरो नाम ” दर्शक श्रोता माझ पठाएका सापकोटाले हिजो मात्रै “ बल्कोटे ठिटो ” सार्वजनिक गरेका छन् यसमा भने उनले मोडल सुजना रेश्मी मगरलाई रोजेका छन् ।

बेला बेला फरक तरिकाले प्रस्तुत हुने सापकोटा यस पटक यो गीतमा पनि केही फरक दिएका छन् । विशेष त मोडलको रूपमा देखिने उनी पछिल्ला प्रस्तुतिहरुमा शब्द, स्वर हुँदै निर्देशनमा पनि हात हालेका छन् ।

बल्कोटे ठिटो उनकै निर्देशनमा भिडियो बजारमा आएको छ भने शब्द पनि सापकोटाकै रहेको छ । गीतमा स्वर गायक भीम लम्तरी मगर र गायिका कमला गरुङ्को रहेको छ लय भीम लम्तरी मगरले नै भरेका छन् कमल सौरागको एरेन्जमा गीतको अडियो तयार भएको छ ।

सापकोटा प्रोड्क्सनको ब्यानरमा निर्माण भएको भिडियोलाई हरिस महराले खिचेका छन् यस्तै सम्पादन नवीन घर्ती मगरको रहेको छ । भिडियोमा कृष्ण सापकोटा र सृजना रेश्मी मगरको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस  भिडियो - 

<iframe src="https://www.youtube.com/embed/7CRMbEdXzgA" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया