Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल आइडल २ को फाइनल पुस ६ गते काठमाडौंमा हुने

   
825   पटक पढिएको

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल २ ’को फाइनल नेपालमा हुने भएको छ ।

गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ । अन्नपूर्ण मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलका अनुसार काठमाडौं र पोखरा मध्ये कुनै एक ठाउँमा फाइनल हुनेछ ।

अहिले उपयुक्त स्थान खोज्ने काम भइरहेको पौडेलले बताए । नेपाल आइडलमा अहिलेसम्म पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी बाँकी छन् । अब एक जना प्रतिस्पर्धाबाट बाहिरिए पछि तीन जनाले ग्राण्ड फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् । विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् ।

गोल्डेन माइक पाउने पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेल प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए ।

होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् । सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया