Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक दुर्गा बिसि र चर्चित गायिका बिष्णु माझीको सुमुधुर स्वरमा सजिएको "जाले रुमाल धुम्ला मायालु" गीति एल्बल सार्वजनिक ( भिडियो सहित )

   
1121   पटक पढिएको

काठमाडौं,अर्घाखाँचीबुलेटिन | बिमल अधिकारी नेपाली लोकदोहोरीको निकै परिचित नाम हो ।

त्यति मात्र होइन यो क्षेत्रमा आज उनले जुन उचाइ प्राप्त गरेका छन त्यसको लागी निकै संघर्ष पनि गरेका छन । विमल मेहनती मात्र होइन मिलनसार पनि उत्तीकै छन । उनै अधिकारीको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गित भर्खर मात्र सार्वजनिक भएको छ ।

लोक प्रिय गायिका बिष्णु माझी र गायक दुर्गा बिसिको सुमधुर आवाज रहेको सो गितमा विमल अधिकारीले शब्द सिर्जना गरेका छन भने खेम सेञ्चुरीले लय सिर्जना गरेका छन ।

अमर शाक्यको छायाँकन रहेको यस म्यूजिक भिडियो जाले रुमाल धुम्ला मायालुको गित म्युजिक नेपाल को यूट्युब च्यानल बाट सुक्रवार सार्वजनिक गरिएको छ। गितको बजार ब्याबस्थापन भावना म्युजिक सोलुसन ले गरेको छ ।

गितमा विमल अधिकारी र सारिका के.सीको दमदार अभिनय रहेको छन भने गितले १०० बर्ष पहिलेको विवाहको कुरालाई विषयबस्तु बनाएको छ ।

यस गितलाइ दर्शक श्रोताहरूले धेरै भन्दा धेरै माया गरिदिनुहुने र मन पराईदिनु हुनेछ भन्ने कुरामा लोकगायक दुर्गा बिसिले पूर्ण आशा राखेको अर्घाखाँचीबुलेटिन संगको सानो कुरामा बताएका छन।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/CD5ydoOXxGE" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया