Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायिका सिता घिसिंगले आफ्नो मायालुलाइ "मेरो सपनीमा तिमि आकै हो मलाई घरि, घरि सताएकै हो "भने पछी भयो यस्तो.....(हेर्नुहोस भिडियो सहित )

   
925   पटक पढिएको

तेलअभिव | अन्तराष्ट्रिय कलाकार मन्च इजरायलकी निबर्तमान अध्यक्ष ,समाजसेवामा सदैब अग्रसरता साथै सुरिलो आवाजकी धनी गायिका सिता घिसिङको नयाँ गीति एल्बम "मेरो सपनीमा "भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

बिदेशी भूमिमा रहेर पनि आफ्नो नेपालि गित संगीतलाइ एती धेरै माया गर्दै सुमुधुर आवाजकी धनि गायिका सिता घिसिंगले नेपालमा मात्र नभइ बिस्वको कुनै पनि कुनामा बसेर पनि गित संगीतलाइ अंगाल्न सकिने र आफु भित्र लुकेको प्रतिभालाई गित मार्फत पस्किन सकिने रहेछ भन्ने उदाहरण प्रवासमा बस्ने कलाकारहरुलाई उदाहरण दिएकी छिन ।

टिका बोम्जान को शब्द संकल र लयमा रहेको "मेरो सपनीमा "नामक गीति एल्बममा गायीका सिता घिसिंगको सुमुधुर आवाज रहेको छ ,भने गीतको एरेन्जर पवन लामाले गरेका छन् ।

"मेरो सपनीमा " गीतको निर्देशन पासांग योज्नान लामाले गरेका छन भने भिडियो सम्पादनमा शुशील न्यौपाने,दिनेश ओली ,छायांकनमा सुरेश घिसिंग ,र नृत्य निर्देशकमा सन्तोष राजबाहक र ज्ञानेन्द्र शर्माले गरेका छन ।

काठमाडौं डिजिटल म्युजिक प्रा.लिको बजार व्यवस्थापनमा रहेको यस एल्बमको गित रेकर्ड डिका गुरुङले गरेका थिए !"मेरो सपनीमा " गीति एल्बममा मोडल अनिल र निरान्जलीको उत्कृष्ट अभिनय रहेको छ ।

">भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया