Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली संस्कार र परम्परा जोडेर गायक सुर्य राना फेरि उदाए “नाचम कुम जोडेर” भन्दै (भिडियो सहित)

   
975   पटक पढिएको

तेलअभिव,अर्घाखाँचीबुलेटिन | डायस्पोराबाट नेपाली गीतसङ्गीत र साहित्यलाई माया गर्ने नेपालीहरुको उत्पादनको एक प्रमुख थलो बन्दै गएको छ इजरायल र इजरायलमा बसेका नेपालीहरु ।

यहाँबाट नेपाली गीतसङ्गीत र साहित्यको लागि प्राय: जसो हरेक हप्ता केहि न केहि नयाँ उपहार निस्किएकै छ । यसैक्रममा वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका नवोदित उदायिमान गायक सुर्य राना मगरले “नाचम कुम जोडेर” भन्ने लोक दोहोरी गीत लिएर नेपाली लोक दोहोरी पारखीहरुका लागि एक कोशेली लिएर आएका छन् ।

पुराना अनि ठेठ नेपाली भाकाहरुलाई कोठे लोक दोहोरिगीतहरुले जित्दै लगेको नमिठो अनुभूति ठेठ भाकाका पारखीहरु र नेपाली गीतप्रेमीहरुलाई नभएको हैन तर बेला बेलामा नेपाली सांगीतिक फाँटमा केही सुनौ सुनौ लाग्ने लाग्ने खालका मिठो भाकाहरु सुन्ने नपाइने पनि हैनन ।

यस्तै गीत लिएर आउने गरेका छन् गायक सूर्य राना मगरले र उनलाई यो गीतको गायनमा साथ दिएकी छिन गायिका मिना थापाले जो यो गीतको रचनाकार साथै संगीतकार पनि हुन् ।

हाम्रो समाजमा रहेको लाहुरे प्रथासंग जोडिएको समाजको परम्परागत संस्कारको मूल धरातलमा आधारित भएर निर्माण गरिएको यो म्युजिक भिडियो साह्रै नै उत्कृष्ट रहेको छ किनकी नेपान्ग्रेजी शब्दहरु र डांगडुनगे संगीतले नेपाली संगीतलाई नै बिटुल्याई रहेको बेलामा यस्ता मौलिक गीतले श्रोताको मन नछुने कुरा नै हुदैन ।

सरल अनि मायालु शब्दहरुले उनिएका यो दोहोरी गीतले दर्शक-श्रोताको मनमा बास नपाउने भन्ने नै छैन । “मेरो माया बिर्साउने भेट्यौ कि पानी तीर्खा दुधैले मेट्योउ की ?” भने बोलको पहिलो गीत मार्फत नेपाली कला जगतमा उदाएका सुर्य राना मगरको यो गीतले पनि नेपाली लोक दोहोरी श्रोताहरुको मन छुनेमा गायक मगर ढुक्क हुदै अर्घाखाँचीबुलेटिन संग कुरा गर्दै भन्छन्: ” मेरो जीवन्तपर्यन्त नेपाली गीत संगीतको सेवामा समर्पित रहने छु, नेपाली लोक दोहोरीलाई एउटा नयाँ उचाईमा पुर्याउने अठोट गर्दछु ।

” मौसम हिमालीको निर्देशनमा निर्माण भएको यो म्युजिक भिडियोको हरेक पाटो उत्कृष्ट छ । झलक संगीतमको म्युजिक एरेन्ज रहेको छ भने करण चैसिरको सिनेमाटोग्राफी छ भने प्रवीन भट्टको सम्पादन रहेको छ ।

रामेश बाबु थापा , रिना थापा मगर र फुलु मगरको अभिनयमा कुनै खोट लगाउने ठाउ छैन । गीतको मूल भावानुसार निखारिएको जीवन्त अभिनय गरेका छन् सबैले । गीतको भाव र मर्मलाई टपक्कै टिपेर गीतको म्युजिक भिडियो पनि अत्यन्त चित्ताकर्षक बनेको छ ।

#action=share">भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया