Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लोकदोहोरी क्षेत्रमा एक पछी अर्को छलाङ् मारिरहेकी सम्झनाले वजारमा फेरी ल्याइन् "आउन माया नाँचिदेउ एकैछिन" गीति एल्बम (भिडियो सहित )

   
1666   पटक पढिएको

खुम रायमाझी,अर्घाखाँचीबुलेटिन ।अर्घाखाँचीमा जन्मिएर संगितलाई अाफ्नो कर्म मान्दै अथक मेहनतद्वारा लोक दोहोरी क्षेत्रमा गायिका र मोडलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका सम्झना लामिछाने मगरको अर्को नयाँ गीत "आउन माया नाचिदेउ एकछिन" बाजारमा तताएको छ ।

हिम कुमार थापा को शब्द संगितमा तयार भएको उक्त गितमा हिम कुमार थापा र सम्झना लामिछानेको आवाज रहेको छ । सम्झना डिजिटलले बजार व्यवस्थापन गरेको उक्त गीत को म्युजिक भिडियोमा कबिता आले र सुमन थापाको अभिनय रहेको छ ।

चर्चित निर्देशक प्रकाश भाटले निर्देशन गर्नु भएको म्युजिक भिडियोलाई छायांकन राजेश घिमिरेले गर्नु भएको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।

गायिका लामिछाने भन्छिन्: दर्शक श्रोताहरुले गरेको माया र प्रेरणाले नै म यहाँसम्म अाइपुगेकी छु,विगतमा जस्तै अब पनि वहाँहरुले यसरी नै माया गरिरहनु हुनेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँछिन्।

">भिडियो हेर्नको लागि यहा क्लीक गर्नुहोला 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया