Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रिशव पन्तले तोडे महेन्द्रसिंह धोनीको १२ वर्ष पुरानो रेकर्ड

   
809   पटक पढिएको

सिड्नी।भारतका युवा विकेटकिपर रिशव पन्तले महेन्द्रसिंह धोनीको रेकर्ड तोडेका छन्।

धोनीले १२ वर्षअघि बनाएको रेकर्ड तोड्ने क्रममा पन्तले शुक्रबार अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा शतक प्रहार गरेका थिए। उनले नटआउट १ सय ५९ रन जोडेका थिए। योसँगै पन्त घरेलु मैदान बाहिर एकै इनिङमा बढी रन बनाउने भारतीय विकेटकिपर बनेका छन्।

यसअघि भारतका पूर्वकप्तान धोनी सन् २००६ मा पाकिस्तानविरुद्ध १ सय ४८ रन जोड्दै घरबाहिर एकै इनिङमा बढी रन जोड्ने भारतीय विकेटकिपर बनेका थिए।

पन्तले शतक बनाएर खेलिरहेको अवस्थामा भारतले सिड्नीमा जारी चौथो टेस्टमा ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो।

पन्तले १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए। पन्तसँगै चेतेश्वर पुजाराले १ सय ९३ रन जोडेका थिए भने रविन्द्र जडेजाले ८१ रनको योगदान दिएका थिए। बलिङमा अस्ट्रेलियाका नाथान लियोनले ४ विकेट लिए।

दोस्रो दिन आफ्नो पहिलो इनिङ सुरु गरेको अस्ट्रेलियाले बिनाविकेटको क्षतिमा २४ रन जोड्दा दिनको खेल सकिएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया