Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

केही महिना अघि मात्र आमा बनेकी चर्चित लोकगायिका जानकी तारमी मगरले "दिलमै लाग्यो ठेस"भनेपछी वजारमा भयो यस्तो हँगामा (हेर्नुहोस भिडियो )

   
1527   पटक पढिएको

अर्घाखाँचीबुलेटिन। पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी क्षेत्रकी अति व्यस्त लोकप्रिय गायिका जानकी तारमी मगर र गायक राजु ढकालको सुमधुर आवाजले सजिएको गीत ‘दिलमै लाग्यो ठेस’ केही दिन अगाडी उनकै युवटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । जानकीले आफ्नै शब्द संगीतमा गायक राजु ढकालसँगको सहकार्यमा गीत ‘दिलमा लाग्यो ठेस’ ल्याएकी हुन् ।

गीतको भिडियोमा हाँस्यकलाकार सरापे (यादब देबकोटा) र आरुसी मगरले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।

गायिका मगर भन्छिन् बिष्णु शर्माको सम्पादन रहेको गीतलाई आफ्नै च्यानल मार्फत दर्शकसामु पुराउन पाउँदा अति नै खुशी लागेको भन्दै विगतमा "ढाड दुखेर,चटपट्टे पानीपुरीको,झम्के माया"लगायतका गितहरुलाई दर्शकश्रोताहरुले अति नै माया थियो आभारी छु र यो गित पनि वहाँहरुको रोजाइमा पर्नेछ भन्ने आफुले विश्वास गरेको बताउँछिन्।

">भिडियो हेर्नको लागि यहाँ क्लिक् गर्नुहुस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया