Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दुई अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन‘ भन्छन :१० लाख खर्च गरेर देशलाई चिनाउने मौका पाए

   
852   पटक पढिएको

दुई अन्तर्राष्ट्रिय स्वर्ण पदक ल्याइसकेका महेश्वर महर्जन अहिले शरीरमा भरिएको प्रोटिन घटाउन हार्ड वर्कआउटमा व्यस्त छन् ।

हालै थाइल्यान्डमा भएको ५० औं बडिबिल्डिङ प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेपछि उनको चार्म बढेको छ। क भन्छन त उनि उनकै सब्द्फ मा :धेरै फरक नि ! पहिले आफ्ना साथीभाइको सर्कलले मात्रै चिन्थे, अहिले नेपालभरका मानिसले चिनिरहेका छन् ।

नेपालको नाम राख्न सफल भएको भन्दै बधाइ दिइरहेका छन् । पहिला वास्तै नगर्ने मिडिया पनि अन्तर्वार्ताका लागि आइरहनुभएको छ । यी सबै बिलकुलै फरक कुरा हुन् मेरा लागि । हैन, यो दोस्रो हो । सन् २०१६ मा भुटानमा सम्पन्न मिस्टर एसिया बडी बिल्डिङमा पनि मैले स्वर्ण पदक जितेको थिएँ तर त्यो बेलामा त्यत्ति चर्चा भएन । अहिले बधाई दिने मानिस बढेका छन् । सपोर्टर पहिलेको भन्दा बढेका छन् ।

मेरो बुबा र दाइ पनि फिटने समा निकै कन्सस हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । उहाँहरुकै सिको गर्दै आएको हुँ । पहिला मैले मिडियामा काम गरेँ, मार्केटिङका क्षेत्रमा पनि काम गरेँ, विदेश पनि गएँ तर जहाँ गए पनि वर्कआउट गर्न छाडिनँ । निरन्तर २० वर्ष मिहिनेत गर्दा अहिले नति जा देखिएको हो । मिहिनेत गरिसकेपछि यसो नाम पनि कमाउनुपर्यो भन्ने लाग्दोरहेछ ।

फेरि बडी बिल्डिङको उपलब्धि नामै त हो ! मिहिनेत टन्नै हुन्छ । खर्च पनि दिल खोलेर गर्ने अनि नाम कमाउने । लाखौं खर्च गरेर पाएको भनेको देशको प्रतिनिधित्व गर्ने मौका, मेडल ट्रफी र सर्टिफिकेट मात्र हो । अन्तर्राष्ट्रिय मापदन्ड हेर्ने हो भने कुनै पनि देशको प्रतिनिधित्व गरिसकेपछि मेडल जितेर देश आउँदा तीस हजार डलर दिनुपर्ने व्यवस्था छ तर डलर माग्न म कहाँ जाउँ ? खेल खेल्नुअघि स्पोन्सर पनि छैन, जितेर आइसकेपछि सहयोग गर्ने हात पनि छैन । केही छैन यसमा । तैपनि आत्मसन्तुष्टिका लागि लागिएको छ ।

खर्चको कुरा गर्यो भने त दिमाग चक्कराउँछ । मेरो त आफ्नै जिमखाना छ, साथीभाइ यसैसँग रिलेटेड भएकाले अलिकति कम पैसामा पनि सप्लिमेन्टहरु पाउँछु, महँगो सप्लिमेन्ट, पानी पनि नखाई छाला पटपट फुट्ने गरेर बसेको सउना बाथ, प्रत्येक ६ महि ना मा गर्ने होल बडी चेकअप सबै खर्चको कुरा गर्ने हो भने त तनावै हुन्छ नि !यसमा हुने उन्नाइस कि बीस नै हो ।

निर्णायकहरुले अनुमान नै गर्ने हो । अनुमान गर्ने समयमा सुरुमा हेर्ने मसल मास हो । मसल मास भनेको चैं शरीरमा कति प्रतिशत मसल छ भन्ने हो । जसको मसल मास धेरै हुन्छ, ऊ विनर हुन्छ । कसको फ्याट कति छ, कसको शरीरमा ‘स्वेट’को मात्रा कति छ जस्ता पाटो पनि हेर्छन् । शरीरका फाइबरहरु कत्तिको देखिएको छ भन्ने कुराले पनि रिजल्टमा सघाउँछ ।

तपाईंले प्रत्यक्ष रुपमा यो खेल हेर्नुभएको छ भने प्रत्येक प्रतिस्पर्धीको शरीरमा खैरो खा लको कलर लगाइएको हुन्छ । यसले शरीरमा कत्तिको फ्याट छ, नशाहरु कति छन् भन्ने कुरा देखाउँछ ।तपाईंले एकदम सही कुरा पक्ड्नुभयो । म अन्तर्राष्ट्रिय खेलमा भाग लिएर जित्नुमा पनि यही कुराले ठूलो भूमिका खेलेको छ । म मिस्टर एसिया जितेर नेपाल आइसकेपछि यहाँका केही खेलमा फेरि भाग लिएँ ।

ती खेलमा आफूलाई उत्कृष्ट प्रदर्शन गरेको थाहा हुँदाहुँदै पनि मैले मेडल जित्न सकिनँ । विदेशका मानिसहरुलाई हराउन सक्ने अनि यहाँ भने जित्न नसक्ने ? यस्तो प्रश्न मनमा उठ्यो । फेरि साथीभाइको सर्कलमा महेश्वरको दिन गयो, बूढो भयो, अब कहिल्यै जित्दैन भन्ने पनि सुन्न थालियो । यी कुराहरुले मेरो इगो हर्ट भयो ।

नेसनल गेममा म्याच फिक्सिङ भयो भन्ने जान्दाजान्दै उल्टै मेरो उमेरमै गएपछि जसरी पनि अन्तर्राष्ट्रिय खेल जितेरै छाड्छु र मलाई बूढो भयो भन्ने साथीहरुलाई देखाउँछु भनेर लागिपरेँ । नतिजा तपाईंले देखिहाल्नुभयो । गोल्ड नै आयो । त्यही त म हत्तपत्त नरुने मानिस हो तर त्यतिखेर मलाई हर्ट गर्नेहरुको अनुहार चारैतिर देखें । अनि भावुक भएछु । फेरि टेक्निकल मिस्टेकले नेपालको पुरानो राष्ट्रिय गान बज्यो ।

म त के गरौं के भएँ । पछि विचराहरुले त्यही भए पनि खोजेर बजाए भनेर चित्त बुझाइयो । यति धेरै भावुक हुनुमा मेरो आठ महिनादेखिको मिहिनेत, आर्थिक लगानी सबै कुरा थियो नि ! इगोलाई शान्त पार्ने भनेर मैले खेलको तयारीका लागि १० देखि १२ लाखसम्म खर्च गरेको छु । नजितेको भए त सबै पानीमा मिल्थ्यो !हाम्रो संयुक्त परिवार हो । बुबा–ममी, दाइभाउजू, उनीहरुका बच्चा, मेरी श्रीमती र हाम्रो एक छोरा सबै सँगै छौँ । लजाउँदै, खै ? त्यो त थाहा भएन ! अहिलेसम्म सोधेको पनि छैन ।

के थाहा कतै बडी देखेरै पो पट्टिएको पो हो कि !बिहे तीस वर्षको उमेरमा भएको हो । म मामाघर जाँदा उनीसँग भेट भयो । उमेर पनि भइसक्यो बिहे गर्नुपर्यो भन्ने प्रेसर आइरहेको बेला, उनीसँग कुराकानी सुरु भएको थियो । करिब एक वर्षको कुराकानीपछि बिहे गर्यौं । मलाई फेरि घरमै बस्ने, केही नगर्ने केटी भन्दा अलि एक्टिभ केटीसँगै बिहे गर्ने रहर थियो, उनी मेरो मामाको कम्पनीमा एकाउन्टेन थिइन्, सायद त्यही भएर पनि उनीसँग धेरै कुराकानी मिल्यो होला भन्ने लाग्छ ।

हैन, हैन । यसलाई लभ म्यारिज भन्दा पनि एरेन्ज अनि लभ अनि म्यारिज भन्नुपर्ला । घरबाट उनीसँगै बिहे फिक्स भइसकेपछि हो नि त कुराकानी सुरु भएको । कुराकानी बढ्दै जाँदा उनी मलाई मनप¥यो, म उनलाई मनपर्यो, अनि पो लभ पर्यो त ! लभ परेपछि बिहे पनि भयो ।

यति धेरै मिहिनेत र प्रोसेस चालेर बिहे गरेपछि सजिलै लभ म्यारिज मात्रै त भन्न मिलेन नि !म आफैँ कसरी बडी फिट राख्ने भनेर अरुलाई ट्रेनिङ दिन्छु । आफ्नै फ्यामिली मेम्बरलाई फिट राख्न सकिएन भने त मेरा क्लाइन्टहरुले विश्वासै गर्दैनन् नि ! पहिले आफ्नो परिवारका सदस्यलाई फिट राख अनि हाम्लाई सिकाउन आइज भनेर वचन लगाए भने मसँग त जवाफै हुँदैन ! मेरो बुबा र दाइ नै फिटनेसमा धेरै कन्सस भएकाले हाम्रो घरमा सुरुदेखि नै कम मसालेदार, हेल्दी खाना पाक्ने गथ्र्यो ।

तपाईं विश्वास गर्नुहुन्छ या हुँदैन, हाम्रो घरमा एक केजी चिनीले तीन महिनाभन्दा धेरै धान्छ । यति धेरै फ्यामिली मेम्बरमा पनि एक केजी चिनीले यति धेरै धान्ने भनेपछि हामी कति धेरै फिटनेसमा कन्सस छौं भन्ने कुरा सजिलै थाहा हुन्छजस्तो लाग्छ ।हो नि ! हामी पनि यही कम्युनिटीमा बसेपछि भोज त दिइराख्नुपर्छ ।

पन्ध्र बीस दिनमा पार्टी पनि गइराख्नुपर्छ तर एक महिनामा एक दिन स्पाइसी खाँदैमा फिटनेस जान्छ भन्ने हुँदैन । आफूले भोज दिँदा पनि क्याटरिङ गर्ने चलन छ । त्यसैले यसले केही समस्या पार्दैन । मन लागेको गर्ने हो भने त बडी बिल्डिङको क्षेत्रै ठीक छैन । यहाँ त हरेक कुरा मनविरुद्ध गर्नुपर्ने हुन्छ । बाहिर बजारमा देखेका कुराहरु खान मन लाग्दालाग्दै पनि नखाई बस्नुपर्ने हुन्छ, पार्टी जान मनलाग्छ, गएपछि यसो ड्रिङ्क गर्न परिहाल्यो, त्यही भएर म त साथीहरुको ग्यादरिङमा खासै जान्नँ ।

गएपछि खान परिहाल्यो, खायो कि वर्षांैको मिहिनेत खेर गइहाल्छ । अब मिस्टर युनिर्भस जित्नु छ । एक वर्ष ब्रेक गरेर त्यसैमा ध्यान दिन्छु होला । यसैका लागि भनेर हाम्रो मिटिङ पनि हुँदैछ तर एक्लो आर्थिक हैसियतले भ्याउँदैन त्यो गेममा जान । कसैले फाइनान्सियल सपोर्ट गर्नुभयो भने मात्रै सम्भव हुन्छ । भर्खरै एउटा गेम सकेर आएको छु । अबको दुई महिना त मलाई पोस्ट रिसाइकलका लागि डक्सिफाइन गर्नै लाग्छ । नत्र त मैले खाएका प्रोटिनहरुले साइड इफेक्ट गर्छ ।

अझै मैले हार्ड वर्क गरेर डक्सिफाइन गर्नै बाँकी छ । मेडल जितेर मात्रै त मेरो काम सकिएको छैन नि !सुरुमा त बडी बिल्डिङ भनेको सेफ गेम हैन भनेर बुझ्नुप¥यो । हामीले यतिधेरै हार्ड वर्क र पैसा खर्च गरेर पनि बडी नै रिस्कमा हुन्छ । जसका लागि हामीले हरेक कुरा लिमिटमा गर्नुपर्ने हुन्छ ।

वर्कआउट धेरै गर्नु पनि भएन, प्रोटिन मात्रै बढी खानु पनि भएन । अर्को कुरा, वर्कआउट गर्न छाडे पनि शरीर बिग्रन्छ भन्ने छ नि, मलाई पनि धेरै स्टुडेन्टहरु त्यही गुनासो गर्नुहुन्छ, उहाँहरु भन्नुहुन्छ, गुरुजी मैले वर्कआउट गर्दाको जस्तै डाइटिङ गर्दा पनि मोटाएँ ।

वर्कआउट गर्दा जत्तिको डाइट छ, वर्कआउट नगर्दा झनै त्यो भन्दा कम डाइट खानुपर्यो नि ! वर्कआउट चैं कटाउने अनि खाना चैं अझै बढाएर खाने ? यसले मानिस नमोटाएर के हुन्छ त ! त्यही भएर वर्कआउट गरेर छाडेर मोटाएको हैन कि, हाम्रो खानपान बढेकाले मोटाउने हो । कसले भन्यो बुढेशकालसम्मै वर्कआउट गर्न सकिँदैन भनेर !

अहिलेजस्तै धेरै वेट उठाउन नसकिएला, अहिलेजस्तै धेरैपटक पुसअप गर्न नसकिएला तर वर्कआउट नै गर्न नसकिने भन्ने चाहिँ हुँदैन । विदेशमा ९९ वर्षका हजुरबा हजुरआमाहरु पनि दिन नबिराएर वर्कआउट गर्छन्, हाम्रै पनि बूढाबूढी बढी हेल्थ कन्सस भएर मर्निङ वाक गरिरहेको देख्छु म त । बरु युवापुस्तालाई यसबारे मतलबै छैन । उमेर भइसकेपछि आफूले सक्ने, उमेरअनुसारको वर्कआउट गर्दा धेरै राम्रो हुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया