Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बुद्ध एडभान्चर युवा क्लब द्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न : उपाधि नेपाली देशभक्त आवाजको पाल्टोमा

   
2668   पटक पढिएको

दिल्ली,अर्जुन थापा /हरि रोका मगर। अर्घाखाँची बुलेटिन - भारतको ७० औं गणतन्त्र दिवसको अबसर पारेर २६ र २७ जनवरीको दिन बुद्ध एडभान्चर युवा क्लब द्वारा आयोजित नेपाली देशभक्त आवाज टिमकले ऐतिहासिक जित गरेको छ ।

बुद्ध एडभान्चर युवा क्लबले राखेको पुरुष खुल्ला भोलिबल प्रतियोगितामा नेपाली देशभक्त आवाजको टिमले १० टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

दोस्रो स्थानमा बुद्ध एडभान्चर युवा क्लब (आयोजक) भएको छ भने तेस्रो स्थानमा सुदुर पश्चिम युवा क्लब (FNSI ) भएको छ र चौथो स्थानमा अप्सरा युवा क्लब रोतहक भएको छ ।

यस खेल मैदानमा प्रवासी नेपालीहरुको बाक्लो उपस्तिथि रहेको थियो भने प्रथम स्थान हासिल गराउनको लागी नेपाली देशभक्त आवाजका अध्यक्ष तथा खेल संयोजक हरि रोका मगर र टिम क्यापटेन मोहन थापाको महत्त्वपूर्ण भुमिका रहेको थियो ।

यस खेलको अध्यक्ष बाबुलाल नेपालीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा प्रदीप कुमार जि को रहेको थियो । र उक्त खेलमा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, समाज सेबि, पत्रकार , ब्याबसयिकहरुको उपस्थिति रहेको थियो भने दोस्रो स्थान हासिल गराउन सफल बुद्ध एडभान्चर युवा क्लब(आयोजक)का खेल संयोजक कृष्ण गोर्खालिको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका रहेको थियो ।

उक्त खेलमा बिजेता टिमहरुलाई उचित पुरस्कार ,ट्रफी ,मेडल र प्रमाणपत्र दिईएको थियो ।

यस खेललाई खेल संचालन बुद्ध एडभान्चर युवा क्लब प्रमुख कृष्ण गोर्खली र खेल प्रायोजकका प्रमुख बुद्धी बस्नेतले गर्नु भएको थियो ।

उक्त खेलमा आयोजक, प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई हौसला दिनको लागी नेपाली देशभक्त आवाजका प्रतिनिधि अर्जुन थापा र हुमलाल भुसालले खादा ओडाई संमान गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया