Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक दामोदर भुसाल र गायिका शोभा थापाको सालैजो गीत "अर्घाखाँची सालैजो " म्युजिक भिडियो सार्वजनिक( भिडियो सहित )

   
3172   पटक पढिएको

सन्धिखर्क,अर्घाखाँचीबुलेटिन। माघ-१७ जालकाडा म्युजिक प्रा. लि को प्रस्तुतिमा समाज सेवी तथा लोक गायक दामोदर भुसाल र गायिका शोभा थापाको "अर्घाखाँची सालैजो" गीतको भिडियो युटुप मार्फत बजार मा ल्याएको छ ।

जिल्लाका कलाकारहरु गीतसंगीत तिर व्यस्त हुदै चुरा पोते दौरा सुरबाल लाए हुन्नर डिस्को हेर्न जाने रितिरिबाज को अत्य हुनु पर्ने  गायक भुसालले बताए । उक्काली ओराली गर्दा सुनिने बासुरीको धुन छुट्टै हाम्रो रितिरिबाज परम्परा विश्व सामु हाम्रो संकार, देखाए हुन्नर पिज्जा ब्रगर, रम हुस्कि संग भन्दा साडी-चोलो , ढाका -टोपी दौरा सुरबाल गुन्द्रुक ढिडो खोलेसंगै रमाए हुन्नर परनिर्भर हुनुभन्दा आत्मनिर्भर बनी सबै मिलि अब राष्ट्रियता जोगाउन्न गीतमा प्रस्तुत गर्न खोजिएको भुसाल बताउ छन ।

भिडियो सार्वजनिक गीतमा दामोदर भुसालले शब्द लय स्वर दिएका छन भने महिला तर्फ स्वरमा : शोभा थापाले दिएकी हुन ।

भिडियो निर्देशक छायांकन मोडल तथा डान्सर सन्तोष शर्मा ले गरेका छन। भिडियो सालैजो को अभियनमा जिल्लाकि चर्चित डान्सर बिन्दु जि. एम र बिष्णु बिक लाई देख्न सकिन्छ भने दृश्य निमार्णमा सौगात फिल्मस प्रा.लि को भुमिका रहेको छ । जिल्लाको बाक्लो मगर बस्ती भु.न.पा फलामखिल्लिमा भिडियो छायांकन गरिएको थियो ।

">भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया